असोज २, २०८३ शुक्रबार September 18, 2026

सहमति, सहकार्य र एकताको बाटो रोज्न शेखर कोइरालाको आह्वान

कांग्रेसका दुई महाधिवेशन रोक्दै मध्यमार्गी समझदारी खोजौँ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीमा देखिएको आन्तरिक विभाजन रोक्दै सहमति, सहकार्य र एकताको बाटो रोज्न आह्वान गरेका छन्।

असोज १ गते जारी प्रेस वक्तव्यमा कोइरालाले कांग्रेसको घोषित दुई महाधिवेशनले पार्टी मात्र नभई नेपालको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा समेत आघात पुग्ने भन्दै मध्यमार्गी र विवेकपूर्ण समझदारी खोज्नुपर्ने बताएका छन्।

उनले कांग्रेस विभाजित र दिशाहीन बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै प्राकृतिक विपत्तिबाट पीडित नागरिकको दुःखमा संवेदनशील हुनुपर्ने उल्लेख गरेका छन्। कानुन र विधानका धारालाई मात्र आधार बनाएर मानवीय संवेदनामाथि खेलवाड गर्न नहुने उनको भनाइ छ।

कोइरालाले आफू कसैप्रति आरोप–प्रत्यारोप गर्ने पक्षमा नरहेको स्पष्ट पार्दै कांग्रेसको सफलता एकताबद्ध प्रयासबाट मात्र सम्भव हुने बताएका छन्। उनले गाउँ–टोलदेखि केन्द्र र विदेशमा रहेका कांग्रेसका नेता–कार्यकर्तालाई पार्टी एकताका लागि दृढतापूर्वक जुट्न आग्रह गरेका छन्।

“हामी उठ्छौं, जुट्छौं र जित्छौं” भन्ने विश्वास व्यक्त गर्दै कोइरालाले कांग्रेस एकता र राष्ट्र निर्माणको अभियानलाई सँगसँगै अघि बढाउने प्रतिबद्धता पनि जनाएका छन्।

नेपाली कांग्रेसको आन्तरिक समस्या र आशन्न दूई महाधिवेशनका सन्दर्भमा कांग्रेस नेता शेखर कोइरालाले जारी गर्नु भएको प्रेस बक्तब्य

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी
२०८३ असोज २, शुक्रबार
युवालाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउने सरकारको तयारी : मन्त्री रामजी यादव
२०८३ असोज २, शुक्रबार
संविधान जनताको सर्वोच्चता स्थापित गर्ने दस्तावेज हो : मुख्यमन्त्री भट्ट
२०८३ असोज २, शुक्रबार
१५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
२०८३ असोज २, शुक्रबार
पुरुष सफ्ट टेनिसमा नेपाल दक्षिण कोरियासँग पराजित
२०८३ असोज २, शुक्रबार
Bhotekoshi floods: 70 injured return home after treatment
२०८३ असोज २, शुक्रबार
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस जयशङ्करबीच भेटवार्ता
२०८३ असोज २, शुक्रबार