श्रावण २४, २०८३ आइतबार August 9, 2026

चितवन बन्यो च्याम्पियन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सुमन खतिवडाको अलराउण्ड प्रदर्शनसँगै चितवन राइनोजले वुमन च्याम्पियन्स लिग क्रिकेटको उपाधि जितेको छ ।

बिहीबार भएको फाइनल भिडन्तमा क्याट क्विन काठमाडौंलाई ४५ रनले हराउँदै चितवन च्याम्पियन बनेको हो । संयोग नै मान्नुपर्छ, उद्घाटन खेलमा काठमाडौंलाई हराएको चितवनले त्यही टिमलाई हराएर उपाधि जितेको छ ।

त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर ११२ रन बनायो ।

उसको सुरुवात राम्रो थियो । काजल र कञ्चन श्रेष्ठले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरे । काजल २१ र कञ्चन १९ रनमा आउट भइन् । त्यसपछि सुमन खतिवडाले रित कनोजियासँग ३५ रनको साझेदारी गरिन् । सुमन २९ रनमा आउट भइन्, जतिबेला टिमको स्कोर ८४ रन थियो । थप दुई रन जोड्दा रितु आउट भइन् ।

तर कप्तान इन्दु बर्माले पाँचौं विकेटका लागि प्यारी चौधरीसँग मिलेर अविजित २६ रनको साझेदारी गर्दै टिमको पारी उकासिन् । इन्दुले इनिङको अन्तिम तीनमा लगातार चौका हान्दै टिमलाई राहत दिएकी थिइन् ।

११३ रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको काठमाडौंले २० ओभरमा सबै विकेट गुमाएर ६७ रन मात्र बनाउन सक्यो ।

उसका लागि अप्सरी बेगमले १५ तथा ममता थापा र इश्वरी विष्टले समान १३/१३ रन बनाउनु बाहेक कुनै पनि ब्याट्सवुमनले दोहोरो अंक जाड्न सकेनन् । भरपर्दा ब्याट्सवुमनहरु चल्न सकेनन् ।

उसको सुरुवात राम्रो हुन सकेन । टिमको स्कोर ९ रन हुँदा शोभा आले आउट भइन् । त्यसपछि रोमा थापा, कप्तान रुविना क्षेत्री र नितु भण्डारी आउट भइन् । अप्सरी र मतताले पाँचौं विकेटका लागि २५ रनको साझेदारी गरे ।

अप्सरी आउट हुँदा टिमको स्कोर ४० रन थियो । त्यसपछि लगातार विकेट गुमाएको काठमाडौं ६७मा अलआउट भयो ।

काठमाडौंलाई सस्तैमा समेट्ने क्रममा सुमन र रितु कनोजियाले ३/३ विकेट लिइन् । रेखा रावलले २ विकेट हात पारिन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिहिवार बोलायो राखेपले बोर्ड बैठक, छलफलमा एन्फा निलम्बन पनि
२०८३ श्रावण २४, आइतबार
तेहरानका सबै सर्त नमानेसम्म हर्मुज पुनः नखोल्ने रिभोलुसनरी गार्डस्को चेतावनी
२०८३ श्रावण २४, आइतबार
एमाले पुनर्गठनमा ओली–पोखरेल टकराव, ५६ पृष्ठको प्रतिवेदनमाथि विवाद
२०८३ श्रावण २४, आइतबार
बुबाको निधनपछि मेस्सी अनुपस्थित, इन्टर मियामी मोन्टेरेसँग २–१ ले पराजित
२०८३ श्रावण २४, आइतबार
सुशासनका लागि राजनीतिक नेतृत्वमा जवाफदेहिता आवश्यक : सांसद ढकाल
२०८३ श्रावण २४, आइतबार
ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ
२०८३ श्रावण २४, आइतबार
माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै
२०८३ श्रावण २४, आइतबार