बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

अमेरिकामा भोलीदेखि कोरोनाविरुद्धको खोप लगाईने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकी खाद्य तथा औषधी प्रशासन (एफडिए) ले फाइजर–बायोएनटे कम्पनीले विकास गरेको खोपलाई स्वीकृति दिएसँगै सो खोप सोमबारदेखि सर्वसाधारणलाई दिइने भएको छ ।

अमेरिकाले पहिलो चरणमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, स्याहर गृहमा बसिरहेका ज्येष्ठ नागरिक तथा जोखिमयुक्त क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई खोप दिनेछ । ३३ करोड जनसंख्या भएको अमेरिकाका करिब ३० लाख जनालाई पहिलो चरणको खोप पुग्ने छ ।

अमेरिकाका विभिन्न राज्यका सोमबार १४५ र मंगलबार ४२५ स्थानमा खोपको व्यवस्था गरिने बीबीसीले जनाएको छ । फाइजर–बायोएनटेक कम्पनीले विकास गरेको सो खोपले ९५ प्रतिशतसम्म कोरोना संक्रमणबाट जोगाउन सहयोग गर्ने जनाइएको छ । अमेरिकाले खोपको पहिलो ३० लाख डोज सबै राज्यहरुमा पठाइने बताएको छ ।

फाइजरले डिसेम्बर अन्त्यसम्ममा अमेरिकाका लागि ६४ लाख डोज खोप तयार पार्ने योजना बनाएको छ । कोभिड–१९ प्रतिरक्षाका लागि यो खोप दुई पटक लगाउनु पर्नेछ । पहिलो खोप लगाएको तेस्रो हप्ता अर्थात् २१ दिनका दिन दोस्रो खोप लगाउनु पर्नेछ ।

फाइजरको खोपलाई अमेरिकासहित, बेलायत, क्यानडा, साउदी अरेबिया, बहराइनले अनुमति दिइसकेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालका प्रजनन स्वास्थ्य अधिकारका मुद्दा विश्व मञ्चमा
२०८३ बैसाख १८, शुक्रबार
सडक डिभिजन जुम्लाको चालु आवको नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशत
२०८३ बैसाख १८, शुक्रबार
पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल
२०८३ बैसाख १८, शुक्रबार
टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’
२०८३ बैसाख १८, शुक्रबार
राष्ट्रपतिद्धारा बुद्ध जयन्तीको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार