बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

काबुलमा सांसदको सवारी साधनलक्षित विस्फोट, दुईको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अफगानिस्तानको राजधानी काबुलमा एक सांसदको सवारी साधनलाई लक्ष्यगरी गरिएको बम विस्फोटमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका प्रहरी स्रोतले आइतबार जानकारी दिएको छ ।

राजधानीको उत्तर इलाकाको खाइर खान मिना क्षेत्रमा रहेको होटेल इ पर्वान इलाकामा स्थानीय समयानुसार आइतबार बिहान ७ः३० बजे सो विस्फोट भएको थियो । यस विस्फोटमा परी दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका प्रहरी प्रवक्ताले सिन्हवा समाचार समितिलाई बताए । सांसद तावफिक वाहदातको सवारी साधनलक्षित सो बम आक्रमण भएको थियो ।

आक्रमणको समयमा सांसदका भाई सवारी साधनमा सवार रहेका उनी घाइते भएको जनाइएको छ । आक्रमणको बेलामा सांसद आफै भने सो सवारी साधनमा सवार रहनु भएको थिएन ।

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा भने लिएको छैन । गएको केही वर्षयता करिब ५० लाख जनसंख्या रहेको अफगानिस्तानको राजधानी काबुल तालिबान र इस्लामिक स्टेट्स जस्ता आतङ्ककारी समूहले बारम्बार आतङ्ककारी आक्रमण गर्दै आएका बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालका प्रजनन स्वास्थ्य अधिकारका मुद्दा विश्व मञ्चमा
२०८३ बैसाख १८, शुक्रबार
सडक डिभिजन जुम्लाको चालु आवको नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशत
२०८३ बैसाख १८, शुक्रबार
पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल
२०८३ बैसाख १८, शुक्रबार
टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’
२०८३ बैसाख १८, शुक्रबार
राष्ट्रपतिद्धारा बुद्ध जयन्तीको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार