बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

पुटिनद्वारा बाइडेनलाई बधाई, सहकार्य गर्न तयार रहेको पुटिनको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार औपचारिक रुपमै अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनलाई बधाई दिनु भएको छ । विश्वव्यापी सुरक्षालाई प्रबद्र्धन गर्नेगरी आफूहरुबीचका मतान्तरलाई थाँती राखेर दुबै देशले मिलेर कार्य गर्न आफू इच्छुक रहेको राष्ट्रपति पुटिनले बताउनु भएको छ ।

राष्ट्रपति पुटिनले अमेरिकी राष्ट्रपति–निर्वाचित बाइडेनको कार्यकाल सफल हुने विश्वास व्यक्त गर्दै आफू सहकार्य र सम्पर्क स्थापित गर्न तत्पर रहेको बताउनु भएको छ । राष्ट्रपतिको कार्यालय क्रेमलिनले सार्वजनिक गरेको विज्ञप्तिमा रुस र अमेरिकाको काँधमा विश्वको सुरक्षा र स्थायित्व कायम राख्न विशेष जिम्मेवारी रहेको उल्लेख छ ।

विश्वका प्रमुख नेताहरुमध्ये रुसी राष्ट्रपति अन्तिमतिर जो बाइडेनलाई बधाई दिने विश्व नेता हुनुहुन्छ । सोमबार मात्र अमेरिकी इलेक्टोरल कलेजले बाइडेनको जितलाई सुनिश्चित गर्नेगरी औपचारिक रुपमा मतदान गरेको थियो । तर अमेरिकी राष्ट्रपति–निर्वाचित बाइडेनले रुस विरुद्ध राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्दा पनि कडा नीति अख्तियार गर्ने अनुमान गरिएको छ । चुनावी अभियानका क्रममा बाइडेनले पुटिन समेतका विश्वका धेरै तानाशाहलाई ट्रम्पले समर्थन र साथ दिएको बताउँदै आउनु भएको थियो ।

सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसले हस्तक्षेप गरेको आरोप छ जसले ट्रम्पलाई विजयी हुन मद्दत गरेको थियो । यसैबीच, अमेरिकी इलेक्टोरल कलेजको मतदानबाट राष्ट्रपति–निर्वाचित जो बाइडेन विजयी हुनु भएको छ । बाइडेनले ३०६ तथा राष्ट्रपति ट्रम्पले २३२ मत प्राप्त गर्नु भएको छ । यो मतदानसँगै अमेरिकी राष्ट्रपतिमा जो बाइडेनको जित सुनिश्चित भएको छ ।

इलेक्टोरल मतबाट निर्वाचित भएसँगै बाइडेनले राष्ट्रपति ट्रम्पले अमेरिकी जनताको अभिमतलाई उपेक्षा गरेकामा आपत्ति जनाउनु भएको छ । (रासस–एएफपी)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालका प्रजनन स्वास्थ्य अधिकारका मुद्दा विश्व मञ्चमा
२०८३ बैसाख १८, शुक्रबार
सडक डिभिजन जुम्लाको चालु आवको नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशत
२०८३ बैसाख १८, शुक्रबार
पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल
२०८३ बैसाख १८, शुक्रबार
टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’
२०८३ बैसाख १८, शुक्रबार
राष्ट्रपतिद्धारा बुद्ध जयन्तीको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार