काठमाडौंः इटालियन क्लब एसी मिलानका राफेल लिएओले खेल सुरु भएको ६ सेकेण्डमै गोल गर्दै सिरी ए मा नयाँ कीर्तिमान बनाएका छन् । यसअघि सबैभन्दा छिटो गोल गर्ने किर्तिमान पियासेन्जाका पाओलो फोगीको नाममा थियोसिरी ए मा यो सबैभन्दा छिटो गोल हो ।
लिएओले हाकन चाल्हानोग्लुको पासमा गोल गरेका हुन् ।आइतबार ससुलोविरुद्धको खेलमा लेएओले खेल सुरु भएको ६.२ सेकेण्डमा गोल गर्दै नयाँ कीर्तिमान बनाए ।पियासेन्जाका पाओलो फोगीले सन् २००१ मा फिओरेन्टिनाविरुद्ध ८.१ सेकेन्डमा गोल गर्दै कीर्तिमान बनाएका थिए ।
पहिलो हाफमा मिलानले ससुलो विरुद्ध २(० को अग्रता बनाइसकेको छ । यस सिजन सिरी ए मा उत्कृष्ट प्रदर्शन गरिरहेको मिलान अंक तालिकामा शीर्ष स्थानमा छ । यस खेलमा विजयी भए एसी मिलानले दोस्रो स्थानमा रहेको शहरी प्रतिद्वन्द्वी इन्टर माथि अंक दूरी बढाउनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया