श्रावण २२, २०८३ शुक्रबार August 7, 2026

हिरासतमुक्त हुन सर्वाेच्च पुगे ‘हाइप्रोफाइल’ जुवाडे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । महाराजगञ्जमा शनिबार राति चलाइएको जुवा अपरेशनमा पक्राउ परेका ६ जना प्रहरीविरुद्ध अदालत पुगेका छन् ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले छापा हानेर पक्राउ गरेकामध्ये ६ जना जुवाडेको तर्फबाट सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट परेको हो ।

रिट दायर गर्नेमा क्यासिनो किङका रुपमा चिनिने गुण्डा नाइके बलराम सापकोटा उर्फ बले, ठेकदार पवनकुमार गुप्ता, उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेस्टीका सञ्चालक पवित्रकुमार कार्की, जुवा खेलाउने विक्रम गौतम र मुक्ति लामा छन् । प्रहरीले उनीहरुलाई सोमबार दिउँसो सर्वोच्च अदालत उपस्थित गराउँदैछ ।

शनिबार राति महाराजगञ्जबाट पक्राउ परेका उनीहरुको साथबाट दुई करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ लाख रुपैयाँको चेक, ३२ थान कौडा र ४ बुक तास बरामद गरेको थियो ।

बरामद भएका हजार र ५ सय रुपैयाँका नोट गन्न प्रहरीलाई करिब ३ घन्टा लागेको थियो । पक्राउ परेका २४ जनाविरुद्ध जुवा ऐनअन्तरगत मुद्दा चलाउने तयारी गरिएको महाराजगञ्जका डीएसपी उमेश लम्सालले बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वीरगञ्जमा इन्टरनेटका अव्यवस्थित तार हटाइने
२०८३ श्रावण २२, शुक्रबार
मिडिया काउन्सिल विधेयक मस्यौदामाथि छलफलः प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितालाई बलियो बनाउनुपर्ने सुझाव
२०८३ श्रावण २२, शुक्रबार
सरकार र डिल्ली हरिजनबीच पाँच बुँदे सहमति
२०८३ श्रावण २२, शुक्रबार
प्रतिनिधिसभामा चार विधेयक प्रस्तुत
२०८३ श्रावण २२, शुक्रबार
रास्वपाले संसद्को हाजिरी विश्लेषण गर्ने
२०८३ श्रावण २२, शुक्रबार
आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउ आग्रह
२०८३ श्रावण २२, शुक्रबार
कर्णाली प्रदेशमा यो वर्ष विद्युत् प्रणाली विस्तार गरिन्छः मन्त्री श्रेष्ठ
२०८३ श्रावण २२, शुक्रबार