बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

महिला उद्यमशीलता कोष स्थापना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: महिला उद्यमीहरुको छाता संस्था महिला उद्यमी महासङ्घ नेपालले महिला उद्यमशीलता कोष स्थापना गरेको छ ।

महासङ्घको १७औँ वार्षिक साधारणसभाका अवसरमा आज संस्थाका अध्यक्ष रीता सिंह वैद्यले महिलाको उद्यमशीलता विकासका लागि ‘मेरो सहयोग उद्यमशीलता विकास’ भन्ने सोचका साथ संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोषमा रकम जम्मा गर्न शुरु भएको जानकारी दिनुभयो ।

कोषबाट महिला उद्यमीको व्यवसायको बजारीकरण, सङ्कलन केन्द्र, व्यापार प्रवद्र्धन निर्यात तथा रोजगार सिर्जना गर्न रकम खर्च गरिने जानकारी दिनुभयो । सभाका अवसरमा महासङ्घको यस वर्षको उत्कृष्ट जिल्ला सङ्घ पुरस्कार झापा, चितवन, पाल्पा र इलाम जिल्लालाई प्रदान गरियो ।

उत्कृष्ट सदस्यमा सरोजनी शेरचन र उत्कृष्ट कर्मचारीमा राजु राईलाई पुरस्कृत गरिएको थियो । सभामा महासचिव सुनिता श्रेष्ठ वैद्यले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन छलफलसहित पारित भएको थियो । (रासस)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया