बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

रूसी विपक्षी नेता नाभाल्नीको गिरफ्तारप्रति मर्केलद्वारा चासो व्यक्त, बिना सर्त रिहाईको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रूसी विपक्षी नेता अलेक्सी नाभाल्नीको मस्कोमा ‘मनमानी’ तरिकाले गिरफ्तार गरिएको भन्दै उहाँको रिहाईका लागि जर्मन चान्सलर एन्जेला मर्केलले सोमबार माग गर्नुभएको छ ।

मर्केलका प्रवक्ता स्टेफेन सिबर्टले पत्रकारसँगको कुराकानीमा भन्नुभयो, “चान्सलर मर्केलले रूसी नेता नभाल्नीको ‘मनमानी रूपमा’ गरिएको गिरफ्तारीको घोर भत्र्सना गर्नुभएको छ । गिरफ्तारीले कानूनी शासनका सिद्धान्तहरूको उल्लङ्घन गरेको छ ।” जर्मनीले आइतबार मात्र जर्मनीमा उपचार गराई फर्किएका रुसी विपक्षी नेतालाई तुरुन्त रिहा गर्न पनि आग्रह गरेको छ ।

उपचारका लागि जर्मनीमा पाँच महिना बसी स्वदेश फर्किएको करिब एक घण्टाभित्र नै आइतबार उहाँलाई मस्कोबाट पक्राउ गरिएको थियो । उहाँ रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक हुनुहुन्छ ।

गत अगष्टमा रूसकै ओम्स्कबाट मस्को जाने विमानमा रहेका समय विमानमा नै अकस्मात विरामी परेका नाभाल्नीलाई आकस्मिक अवतरण गराई स्थानीय एक अस्पतालमा उपचार गरिएको थियो ।

फ्रान्सेली र स्वीडेनी प्रयोगशालामा गरिएको परीक्षणमा नाभाल्नीलाई बेहोस बनाउने सोभियतकालीन रसायन ‘नोभिचोक’ खानामा मिसाएर खुवाइएको जर्मनीले जानकारी गराएको थियो । उहाँलाई जर्मनीको अनुरोधमा आन्तरिक विमानमार्फत् उपचारका लागि बर्लिन लगिएको थियो ।

जर्मनीमा डाक्टरहरूले नाभाल्नीलाई विष दिइएको कुराको पुष्टि गरेका थिए । उहाँलाई अस्पतालबाट सेप्टेम्बरमा डिस्चार्ज गरिएको थियो तर चिकित्सकको सल्लाह अनुसार त्यहीँ आराम गरिरहनुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया