बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

कोरोना कहरः विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ९३ लाख नाघ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः विश्व महामारी कोरोनाभाइरसका कारण हालसम्म विश्वका धरै देशहरु प्रभावित भइरहेका छन् । विश्वका विभिन्न देशमा हरेक दिन कोरोना संक्रमितको संख्या बढ्दै गइरहे पनि निको हुनेको संख्या पनि बढ्दै गइरहेको छ ।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार  विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ९३ लाख २४ हजार १ सय ९८ पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २१ लाख ३० हजार ३ सय ४१ पुगेको छ ।

त्यस्तै हालसम्म विश्वमा ७ करोड १३ लाख ६९ हजार ७ सय ८८ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् ।

त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ४ लाख २७ हजार ६ सय ३५ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २ करोड ५५ लाख ६६ हजार ७ सय ८९ पुगेको छ ।  त्यसैगरी निको हुनेको संख्या एक करोड ५३ लाख ३० हजार ९ सय ४९ पुगेको छ ।

त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या २ लाख १६ हजार ४ सय ७५ पुगेको छ भने संक्रमितको संख्या ८८ लाख १६ हजार २ सय ५४ पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया