मंग्सिर १, २०८२ सोमबार November 17, 2025

युवा संघको एकीकरण टुंगियो, कुन जिल्ला कसको भागमा ? (सूचीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सत्तारूढ नेकपा सम्बद्ध राष्ट्रिय युवा संघ नेपालले मातहतका जिल्ला कमिटीहरूको एकीकरण टुंग्याएको छ । शनिबार युवा संघ कार्यालयमा बसेको बैठकले ७७ जिल्ला कमिटीकै भागबण्डा टुंगो लगाएको हो ।

७७ जिल्ला कमिटीमध्ये तत्कालीन एमालेनिकट युवा संघले ४२ जिल्ला अध्यक्ष पाउने भएको छ । त्यस्तै, साविक योङ कम्युनिस्ट लिग (वाईसीएल) ले ३५ जिल्लाको अध्यक्ष पाउने गरी सहमति भएको आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, वाईसीएलले ४२ जिल्लाको इञ्चार्ज र युवासंघले ३५ जिल्लाको इञ्चार्ज पाएको छ ।

युवा संघ संयोजक रामप्रसाद सापकोटाले सम्मानजनक ढंगले जिल्ला, महानगर र उपमहानगरपालिकाको नेतृत्व टुंगिएको बताए । उनका अनुसार, नेतृत्वमा को रहने भन्ने टुंगो वरिष्ठता र सक्रियताका आधारमा १ हप्ताभित्र लाग्नेछ ।

त्यसैगरी, संघले कात्तिक ३० गते समितिको बैठक र मंसिर १ मा राष्ट्रिय भेला बोलाउने निर्णय पनि गरेको छ ।

संघले उपनिर्वाचनका लागि किरण पौडेलको नेतृत्वमा प्रचार प्रसार समितिसमेत गठन गरेको छ । समितिमा प्रभात कटुवाल, ज्ञानेन्द्र गुरुङ, पुष्प ओली, रोशन बस्नेत, प्रकाश गौतम, नवीन खड्का र प्रकाश लामिछाने छन् ।

युवा संघले प्रदेश, जिल्ला, महानगर र उपमहानगरपालिका इञ्चार्ज तथा सहइञ्चार्जमा केन्द्रीय समितिका सदस्यहरूलाई पठाउने निर्णय गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड सजाय
२०८२ मंग्सिर १, सोमबार
लुम्बिनीका सभामुखद्धारा स्वकीय सचिवालय विघटन
२०८२ मंग्सिर १, सोमबार
सञ्चार क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाह
२०८२ मंग्सिर १, सोमबार
सुडानको मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसंघको चेतावनी
२०८२ मंग्सिर १, सोमबार
क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह
२०८२ मंग्सिर १, सोमबार
एक वर्षमा ४२ हजार ८५६ विद्युतीय सिफारिस जारी
२०८२ मंग्सिर १, सोमबार
पाठेघरको मुखको क्यान्सरः स्क्रिनिङ र खोप विस्तार जरुरी
२०८२ मंग्सिर १, सोमबार