श्रावण २८, २०८३ बिहिबार August 13, 2026

प्रतिनिधिसभाले कार्यपालिकालाई सधैं सहयोग गरेको छः सभामुख सापकोटा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाले कार्यपालिकालाई सधैँ सहयोग गरेको बताउनुभएको छ ।

अन्तरपार्टी महिला सञ्जालले आज बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले सरकारको काममा प्रतिनिधिसभाले सँधैं सहयोग गरेको र कुनै पनि अवरोध नभएको स्पष्ट पार्नुभयो । सभामुख सापकोटाले भन्नुभयो, “सरकारको नीति तथा कार्य होस् वा बजेट पास गर्ने विषयमा प्रतिनिधिसभाले सहयोग गरेको छ ।

कार्यपालिकालाई पूर्ण रुपमा सहयोग नै गरिएको छ । कुनै पनि असहयोग भएको छैन ।” पछिल्लो पटक प्रतिनिधिसभा विघटनका सम्बन्धमा पनि आफ्नो तर्फबाट विज्ञप्तिमार्फत पनि अवस्थाको बारेमा जानकारी गराएको र सर्वोच्च अदालतमा स्पष्ट रुपमा आफ्नो धारणा पठाएको उहाँको भनाइ छ ।

सभामुखको हैसियतले के गर्न सकिन्छ भन्ने बारेमा आफूले गम्भीरतापूर्वक चिन्तन मनन गरिरहेको जानकारी दिनुभयो । उहाँले प्रतिनिधिसभाको सञ्चालनमा अवरोध आएको उल्लेख गर्दै राजनीतिक दल, नागरिक समाज तथा सरोकार भएका व्यक्ति वा निकायले प्रकट गरेको विश्वासलाई आफूले सम्मान गर्ने बताउनुभयो ।

अन्तरपार्टी महिला सञ्जालले नेपालको संविधानमा प्रतिनिधिसभा विघटनसम्बन्धी कुनै पनि प्रावधान नभएको भन्दै संवैधानिक र कानूनी आधार बिना गरिएको विघटन आफूहरुलाई मान्य नभएको उल्लेख गरेको छ ।

नेपालको संसदीय प्रणाली मौलिक विशेषता सहितको भएको स्पष्ट पार्दै सञ्जालले प्रतिनिधिसभा विघटनलाई अस्वीकार गर्न सभामुखलाई आग्रह गरेको छ । सञ्जालका अध्यक्ष सावित्रा भुसाललको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सभामुख सापकोटालाई ज्ञापनपत्र बुझाएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तेह्र जनालाई जग्गाधनी पुर्जा प्रदान
२०८३ श्रावण २८, बिहिबार
एसीसी प्रिमियर कपको खेल तालिका परिवर्तन
२०८३ श्रावण २८, बिहिबार
वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त
२०८३ श्रावण २८, बिहिबार
राष्ट्रिय सभा बैठक : ग्यास अभाव र कालोबजारी नियन्त्रण गर्न सरकारसँग सांसदको माग
२०८३ श्रावण २८, बिहिबार
पोखरालाई पर्यटनसँगै ‘आइटी हब’ बनाउने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता
२०८३ श्रावण २८, बिहिबार
सरकारी पूजा सामग्रीसहित डोटीबाट बडीमालिकातर्फ निस्कियो ‘पेटारो’
२०८३ श्रावण २८, बिहिबार
पश्चिमी देशमाथि आक्रमण गर्ने पुटिनको चेतावनी
२०८३ श्रावण २८, बिहिबार