श्रावण २, २०८२ शुक्रबार July 18, 2025

एनसेलमा डेटा प्याक खरिद गर्न सकिने नयाँ सुविधा थपियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः निजी क्षेत्रको सबैभन्दा ठूलो टेलिकम सेवा प्रदायक कम्पनी एनसेलले ब्यालेन्स सकिएको समयमा पनि डेटा प्याक खरिद गर्न सकिने सुविधा ल्याएको छ ।

ग्राहकको सहजताको लागि भन्दै कम्पनीले यस्तो सेवाको सुरुवात गरेको हो । योसँगै ब्यालेन्स सकिएर अप्ठ्याराे परेको समयमा सहजै डेटा प्याक लिएर आफन्त तथा साथीभाइसँग जोडिन सक्नेछन् ।

त्यसका लागि प्रयोगकर्ताले *९९८८*१# डायल गरी ३०० एमबी डेटा लिन सक्नेछन् । यसरी लिइएको डेटा दुई दिनसम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो सेवा प्रयोग गर्दा लागेकाे शुल्क ४२ रुपैयाँ ५५ पैसा अर्को पटक रिचार्ज गर्दा काटिने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया