श्रावण २३, २०८३ शनिबार August 8, 2026

त्रिवि उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटा नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटा नियुक्त भएका छन् । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले आइतबार डा. बाँस्कोटालाई नियुक्त गर्ने निर्णय गरेको हो।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको छनोट समितिले उपकुलपतिका लागि डा. भगवान कोइराला, डा. बाँस्कोटा, र डा. चन्द्रमणि पौडेलको नाम सिफारिस गरेको थियो। डा. कोइरालालाई सरकारले आइतबारै मेडिकल काउन्सिल अध्यक्षमा नियुक्त गरेको छ।

यसअघि मेडिकल काउन्सिल अध्यक्ष पनि रहिसकेका डा. बाँस्कोटा प्रधानमन्त्रीनिकट मानिन्छन्। त्यसैले उनी उपकुलपति बन्ने अनुमान गरिँदै आएको थियो ।

यससँगै डा. बाँस्कोटा त्रिविको १९ औं उपकुलपति बनेका छन् । नाक, कान, घाँटीविशेषज्ञ बाँस्कोटा राष्ट्रपति विद्यादेवी भण्डारीका निजी चिकित्सक समेत हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ग्यासको कालोबजारी गर्ने पक्राउ
२०८३ श्रावण २३, शनिबार
१५औँ महाधिवेशन तोकिएकै समयमा हुने महामन्त्री पौडेलको दाबी
२०८३ श्रावण २३, शनिबार
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल
२०८३ श्रावण २३, शनिबार
समृद्धिका लागि अनुसन्धान, नवप्रर्वतन र आविस्कारलाई प्राथमिकता दिएको हो : मन्त्री पुन
२०८३ श्रावण २३, शनिबार
संविधान संशोधन र संघीयता सुदृढीकरणको एजेन्डासहित आठ दलले बनाए ‘अग्रगामी मोर्चा’
२०८३ श्रावण २३, शनिबार
इरान–ओमान वार्तापछि स्ट्रेट अफ होर्मुज खुल्ने अमेरिकी अपेक्षा : रिपोर्ट
२०८३ श्रावण २३, शनिबार
संयुक्त राष्ट्रसङ्घद्वारा यमनमा जारी हुथी आक्रमणको कारण द्वन्द्वको उच्च जोखिमको चेतावनी
२०८३ श्रावण २३, शनिबार