श्रावण २२, २०८३ शुक्रबार August 7, 2026

बझाङको सुरुङमा फसेका ४ मजदुरको उद्धार हुन सकेन, काठमाडौंबाट टोली झिकाइयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनगढी । अक्सिजन नपुगेपछि बझाङको कालंगा हाइड्रो पावरको सुरुङमा फसेका ४ मजदुरको उद्धारमा कठिनाइ भएको छ । स्थानीय टोलीले उद्धार गर्न नसकेपछि काठमाडौंबाट प्राविधिक टोली झिकाइएको छ ।

नगरपालिकाको दारिमगाढबाट टनेल छिरेका दैलेखका कर्णबहादुर शाही, महेन्द्र शाही, अछामका महेन्द्र साउद र बझाङका शेरबहादुर धामी आइतबार दिउँसो ३ बजेबाट सम्पर्कविहीन भएका हुन्। बझाङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले सुरुङको सफाइ गर्न ट्याक्टरसहित छिरेको टोली सम्पर्कविहीन भएको जानकारी आफूले आइतबार साँझ ६ बजे मात्र पाएको र त्यसलगत्तै उद्धारको प्रयास थालेको बताएका छन ।

‘स्थानीय टोलीभित्र छिर्यो तर दुईजना बेहोस भएपछि अहिले उद्धार स्थगित गर्न निर्देशन दिइएको छ’, प्रजिअ पाण्डेले भने, ‘काठमाडौंबाट विज्ञसहितको टोली हेलिकप्टरमा झिकाइएको छ ।’

सम्पर्कविहीन भएलगत्तै प्रहरी उद्धारमा खटिए पनि अक्सिजन अभावमा सुरुङ प्रवेश गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय, बझाङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गणेश बमले जानकारी दिएका छन ।

अक्सिजन नपुगेपछि इलाका प्रहरी कार्यालय, बुङ्गलका प्रहरी सहायक निरीक्षक अमर भण्डारीलगायतको टोली अन्योलमा परेको छ । प्रहरी नायब उपरीक्षक बमका अनुसार, अक्सिजनकै कारण प्राविधिक टोलीले पनि उद्धार कार्य अघि बढाउन सकेको छैन ।

‘प्रहरीसँगै प्राविधिक टोली उद्धारका लागि घटनास्थल पुगे पनि अक्सिजन अभावमा टनेल बाहिरै रहेको छ’, प्रहरी सहायक निरीक्षक भण्डारीले भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वीरगञ्जमा इन्टरनेटका अव्यवस्थित तार हटाइने
२०८३ श्रावण २२, शुक्रबार
मिडिया काउन्सिल विधेयक मस्यौदामाथि छलफलः प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितालाई बलियो बनाउनुपर्ने सुझाव
२०८३ श्रावण २२, शुक्रबार
सरकार र डिल्ली हरिजनबीच पाँच बुँदे सहमति
२०८३ श्रावण २२, शुक्रबार
प्रतिनिधिसभामा चार विधेयक प्रस्तुत
२०८३ श्रावण २२, शुक्रबार
रास्वपाले संसद्को हाजिरी विश्लेषण गर्ने
२०८३ श्रावण २२, शुक्रबार
आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउ आग्रह
२०८३ श्रावण २२, शुक्रबार
कर्णाली प्रदेशमा यो वर्ष विद्युत् प्रणाली विस्तार गरिन्छः मन्त्री श्रेष्ठ
२०८३ श्रावण २२, शुक्रबार