बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

संसद् अधिवेशको पूर्वसन्ध्यामा म्यानमारका सांसदलाई कोरोनाको खोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः म्यानमारका सांसदहरुलाई शुक्रबार कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । संसद् अधिवेशनको पूर्व सन्ध्यामा दुबै सदनका सबै सांसदलाई खोप लगाउने सरकारी निर्णय अनुसार खोप लगाइएको हो ।

उनीहरुलाई भारतको सेरम इन्स्टीच्युट्ले उत्पादन गरेको कोभिशिल्ड खोप उनीहरुलाई लगाइएको अधिकारीहरुले जानकारी दिएका छन् । म्यानमारमा हालै निर्वाचन भएर सांसदहरु निर्वाचित भएका हुन् भने अर्को हप्ता पहिलो संसद् अधिवेशन शुरु हुन लागेको हो ।

सांसद बाहेक संसद्मा खटिने सुरक्षाकर्मी तथा अन्य कर्मचारी र पदाधिकारीलाई समेत शनिबार कोरोना विरुद्धको खोप लगाइने भएको छ । अग्रमोर्चामा काम गर्ने स्वास्थ्यकर्मी, स्वयमसेवीलगायतलाई भने बुधबारदेखि नै खोप लगाउन थालिएको थियो ।

म्यानमारले देशभरी सबै अत्यावश्यकपर्ने र उच्च जोखिममा रहेकालाई लगाएपछि आम नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने तयारी गरेको छ । म्यानमारको प्रतिनिधिसभा बैठक आगामी सोमबार बस्ने तय भएको अधिकारीले जनाएका छन् । (सिन्ह्वा)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जेनजी नफुटबल प्रतियोगिताको उपाधि हात्तीमुडा फुलबल क्लबलाई
२०८३ बैसाख १८, शुक्रबार
बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए विवरण
२०८३ बैसाख १८, शुक्रबार
पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति
२०८३ बैसाख १८, शुक्रबार
अर्थमन्त्री वाग्ले र अमेरिकी राष्ट्रपतिका विशेष दूत गोरबीच भेटवार्ता
२०८३ बैसाख १८, शुक्रबार
जटिल प्रसूति अवस्थामा हवाई उद्धारले बचायो आमा र शिशुको ज्यान
२०८३ बैसाख १८, शुक्रबार
‘श्रम क्षेत्रका समस्या समाधानको अगुवाइ मजदुर सङ्गठनले गर्नुपर्छ’ – माधव नेपाल
२०८३ बैसाख १८, शुक्रबार
अतिक्रमित जग्गा खाली गराउने सरकारको कदमलाई जनताको साथ
२०८३ बैसाख १८, शुक्रबार