असार २३, २०८२ सोमबार July 7, 2025

प्रधानमन्त्री कप : पुरुष क्रिकेटको उपाधिका लागि आर्मी र एपीएफ भिड्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटको उपाधिका लागि आज शनिवार भिड्ने भएका छन् ।

दुवै विभागीय टोलीले फाइनलमा स्थान बनाएपछि गरेपछि आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् । एपीएफले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ । अहिले आर्मीले ब्याटिङ गरिरहेको छ ।

प्रारम्भिक ब्याट्सम्यान सुशन भारी र अनिल मण्डल एपीएफका बलरको सामना गरिरहेका छन् । एपीएफको कप्तानी शरद भेषवाकरले तथा आर्मीको नेतृत्व विनोद भण्डारीले गरेका छन् ।

एपीएफले नेपाल पुलिस क्लबलाई तथा आर्मीले वाग्मती प्रदेशलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । समूह ‘ए’ मै रहेका दुवै टोली अन्ततः फाइनल प्रवेश गर्न सफल भएका थिए । एपीएफ समूह विजेता तथा आर्मी उपविजेता बनेको थियो । अहिलेसम्मको खेल प्रदर्शनका आधारमा आर्मीभन्दा एपीएफ बलियो टोली मानिएको छ ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आर्थिक सहयोग तथा नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको विजेताले रु १० लाख तथा उप विजेताले रु पाँच लाख पुरस्कार पाउने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार