असार २०, २०८२ शुक्रबार July 4, 2025

कर्मचारीसँग डेटिङ जाँदा सिइओले गुमाए जागिर!

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । अमेरिकाको विश्व चर्चित फास्ट फुड कम्पनी म्याक्डोनल्ड्सका प्रमुख कार्यकारी अधिकृत स्टीभ इस्टरब्रुकलाई कम्पनीले बर्खास्त गरेको छ।

कम्पनीको कर्मचारीसँग ‘डेटिङ’ गएपछि इस्टरब्रुकलाई पदबाट हटाइएको साथै उनले जागिर नै गुमाएको बीबीसीले जनाएको छ।

अमेरिकाको प्रसिद्ध फास्ट फुड कम्पनी म्याक्डोनल्ड्सको विश्वभर सञ्जाल छ।

सिइओ इस्टरब्रुक र महिला कर्मचारीबीचको सम्बन्ध सहमतिमा आधारित भए पनि इस्टरब्रुकले कम्पनीको नीति उल्लङ्घन गरेको र कमजोर निर्णय क्षमता देखाएको कम्पनीले ठहर गरेको छ।

कम्पनीले जागिरबाट हटाएसँगै इस्टरब्रुकले ती महिला कर्मचारीसँग आफ्नो प्रेमसम्बन्ध रहेको स्वीकार्दै आफूले गल्ती गरेको बताएका छन्।

उनले कम्पनीको मूल्यमान्यतालाई ध्यानमा राख्दै आफूले जागिर छाड्ने प्रतिक्रिया जनाएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार