श्रावण २८, २०८३ बिहिबार August 13, 2026

वाग्मती प्रदेशसभाको बैठक स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  वाग्मती प्रदेशसभाको बैठक सूचना टाँस गरी आगामी फागुन १ गते सम्मका लागि स्थगन भएको छ ।

आज दिउँसो २ बजेका लागि निर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने जनाउँदै सूचना टाँस गरी स्थगन भएको प्रदेशसभा सचिवालयद्वारा जारी सूचनामा जनाइएको छ ।

प्रदेशसभा सचिव कृष्णहरि खड्काका अनुसार विशेष कारण स्थगित गरिएको बैठक आगामी फागुन २ गते दिउँसो २ बजेका लागि आह्वान गरिएको छ । माघ ९ गते बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि सामान्य छलफल भई स्थगित भएको थियो ।

आगामी बैठकमा मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको प्रक्रियामाथि छलफल प्रारम्भ हुने बताइएको छ । वाग्मती प्रदेशसभामा नेकपाका ८०, नेपाली कांग्रेसका २२, साझा विवेकशील दलका तीन, राप्रपाका दुई, नेपाल मजदूर किसान पार्टीका दुई र स्वतन्त्र एक गरी ११० सदस्य रहेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तेह्र जनालाई जग्गाधनी पुर्जा प्रदान
२०८३ श्रावण २८, बिहिबार
एसीसी प्रिमियर कपको खेल तालिका परिवर्तन
२०८३ श्रावण २८, बिहिबार
वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त
२०८३ श्रावण २८, बिहिबार
राष्ट्रिय सभा बैठक : ग्यास अभाव र कालोबजारी नियन्त्रण गर्न सरकारसँग सांसदको माग
२०८३ श्रावण २८, बिहिबार
पोखरालाई पर्यटनसँगै ‘आइटी हब’ बनाउने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता
२०८३ श्रावण २८, बिहिबार
सरकारी पूजा सामग्रीसहित डोटीबाट बडीमालिकातर्फ निस्कियो ‘पेटारो’
२०८३ श्रावण २८, बिहिबार
पश्चिमी देशमाथि आक्रमण गर्ने पुटिनको चेतावनी
२०८३ श्रावण २८, बिहिबार