वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

बझाङको सुरुङबाट तीन जना मजदुरको शव निकालियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रौतहट । बझाङको कालंगा हाइड्रो पावरको सुरुङभित्र फसेका मजदुरमध्ये तीनजनाको शव सशस्त्र प्रहरीले निकालेको छ। थप एक जनाको खोजी हुँदै गरेको प्रहरीले जनाएको छ।

बझाङ जिल्लाको बुङ्गल नगरपालिका–२ दाडिम दहबगरमा रहेको कालंगा जल विद्युत् को निर्माणाधीन इनलेट सुरुङभित्र चार जना कामदार आइतबार दिउँसोदेखि फसेका थिए। प्रहरी र स्थानीयले हिजैदेखि उद्धार प्रयास गरेपनि सफल हुन सकेनन्।

सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी सुरज श्रेष्ठले सशस्त्रको विशेष उद्दार टोलीले सुरुङको ६ सय मिटर भित्रबाट तीनजनाको शव निकालेको बताएका छन। उनले सुरुङमा फसेका थप एकको खोजी भइरहेको बताएका छन। ‘केन्द्रले खटाएको उद्दार टोली सुरुङ भित्र पसेको हो,’ श्रेष्ठले भने ‘तीनजनाको शव बरामद भएको छ, थप एकको खोजी जारी छ।’

जिल्ला प्रहरी कार्यालयका अनुसार छ जना कामदारहरु तीनवटा ट्रयाक्टर र एउटा जिपसहित सुरुङमा काम गर्न गएकोमा दुई जना बाहिर निस्किए पनि अरु चार जना सुरुङबाट फर्किन सकेका थिएनन्।दैलेखका कर्णबहादुर शाही, महेन्द्र बहादुर शाही, अछामका महेन्द्र साउद र बझाङका शेरबहादुर धामी सुरुङभित्रै फसेका हुन्।

१५।३३ मेगावाट क्षमताको कालंगा गाड जलबिद्युत आयोजनाको अहिलेसम्म झण्डै ६५ प्रतिशत निर्माण सम्पन्न भईसकेको छ। १० वटा बैकं र अन्य निजि क्षेत्रका लगानीकर्ताहरुको १३ अर्वको लगानीमा निर्माणाधिन आयोजनाको ३ ठाउँमा संरचना निमार्ण भईरहेको छ।

कालंगा ग्रुप अफ कम्पनीजको आयोजना रहेको सो हाइड्रो पावरका मुख्य लगानीकर्ताहरुमा उमेश श्रेष्ठ, राजेश श्रेष्ठ, शिवप्रसाद घिमिरे, खगेश्वर बोहोरा तिर्थराज चटौत र विरेन्द्रबहादुर मल्ल रहेका छन्। कम्पनीको अध्यक्ष उमेश श्रेष्ठ हुन्। कांलगा सहित यो कम्पनीले शनिगाड, बुङगाल र बागथला हाइड्रोपावर समेत निर्माण गरिरहेको छ। यस्तै, एन्जेल इन्जिनियरिङ कन्सल्टेन्सी र एभरेष्ट इन्फ्रास्ट्रक्चर समेत यही कांलगा ग्रुप अफ कम्पनी अन्तर्गत संचालित छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जिल्ला लिग फुटबलको तेस्रो संस्करण वैशाख–१५ गतेदेखि
२०८१ वैशाख १४, शुक्रबार
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
२०८१ वैशाख १४, शुक्रबार
पूर्वाञ्चल विश्वविद्यालयः सात हजारभन्दा बढी विद्यार्थी दीक्षित
२०८१ वैशाख १४, शुक्रबार
खेल क्षेत्रको बजेट बढाउन जरुरी : डा. महत
२०८१ वैशाख १४, शुक्रबार
हस्तकला व्यवसायले आयात प्रतिस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्ने : मन्त्री भण्डारी
२०८१ वैशाख १४, शुक्रबार
जनताका मुद्धालाई केन्द्रमा राख्दै कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ लैजानुपर्छ : अध्यक्ष नेपाल
२०८१ वैशाख १४, शुक्रबार
६४ प्रतिशत महिला स्वास्थ्य स्वयंसेविकाको छैन स्वास्थ्य बिमा
२०८१ वैशाख १४, शुक्रबार