असार २३, २०८२ सोमबार July 7, 2025

राष्ट्रिय महिला फुटबल : वालिङ चौथो स्थानमा उक्लियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत आज भएको खेलमा स्याङ्जाको वालिङ नगरपालिकाले रौतहटको चन्द्रपुर नगरपालिकालाई पराजित गर्दै लिगको चौथो स्थानमा उक्लिएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा वालिङले चन्द्रपुरलाई ३–० गोलअन्तरले हराएको हो । वालिङ ६ खेलबाट ८ अङ्क जोड्दै चौथो स्थानमा उक्लिएको हो ।

वालिङका लागि विदेशी खेलाडी मेथो एलुड रुथले दुई तथा टोउटा नोइल्लीले एक गोल गर्नुभयो । खेलको ३७औँ मिनेटमा टोउटा नोइल्लीले पहिलो गोल गर्नुभएको थियो । खेलको ४४औँ मिनेटमा मेथो एलुड रुथले वालिङका लागि दोस्रो गोल गर्नुभयो । यस्तै खेलको ५४औँ मिनेटमा रुथले व्यक्तिगत दोस्रो गोल गर्नुभयो ।

चन्द्रपुर ६ खेलमा ३ अङ्कका साथ लिगको छैटौँ स्थानमा छ । यस्तै एपीएफ क्लब ६ खेलबाट १८ अङ्क जोड्दै लिगको पहिलो स्थानमा तथा आर्मी क्लब १० अङ्कका साथ दोस्रो स्थानमा छ । चौदण्डीगढी नगरपालिका अङ्कविहीन रहँदै लिगको पुछारमा रहेको छ ।

लिगमा बुधबार पहिलो खेल चौदण्डीगढी र त्रिभुवन आर्मी फुटबल क्लबबीच तथा दोस्रो खेल नेपाल पुलिस क्लब र विराटनगर महानगरपालिकाबीच हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार