जेठ १८, २०८० बिहिबार June 1, 2023

सनराईज बैंकको ३ अर्बको ऋण पत्र जारी हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सनराईज बैंकले व्यापार विस्तारका लागि थप ३ अर्वको ऋणपत्र जारी गर्ने भएको छ।

बैंकले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मुलुककै पूँजी बजारको विस्तारका लागि बुधबार (भोली)बाट सो रकम बराबरको ऋण पत्र निश्कासन गर्ने जानकारी गराएको हो। वार्षिक १० दशमलव २५ प्रतिशत व्याजदरमा सो ऋण पत्र जारी हुँदैछ।

निरन्तर उच्च प्रतिफल लिईरहने ग्राहकका लागि सो ऋण पत्र अति उपयोगी हुने बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले बताएका छन। बैंकको ऋण पत्र ७ वर्ष अवधिको हुनेछ। त्यसको ब्याजको भुक्तानी ६र६ महिनामा गर्ने योजना पनि तय गरिएको बैंकले जनाएको छ।

बैंकका ऋण पत्र चाँडोमा कार्तिक २४ गते र त्यस भित्र विक्री नभएमा मंसीर १९ गतेसम्म विक्री खुला हुने समय पनि निर्धारण गरिएको छ। सो ऋण पत्रको निष्काशन तथा बिक्री प्रबन्धक भने सिद्धार्थ क्यापिटल रहेको छ। ऋण पत्रका लागि सो बैंकको सबै कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था पनि गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत पौडेलले बताएका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पाथीभरा माताले सबैको कल्याण गरुँन, हेर्नुहोस् आज जेठ १८ गतेको दैनिक राशिफल
२०८० जेठ १८, बिहिबार
नागरिकता विधेयक प्रमाणीकरणको प्रतिपक्षबाट विरोध, सत्तापक्षको समर्थन
२०८० जेठ १८, बिहिबार
चितवन राष्ट्रिय निकुञ्जबाट हतियारसहित दुई जना प्रहरीकाे नियन्त्रणमा
२०८० जेठ १८, बिहिबार
राष्टपतिद्धारा पाँच देशमा गैरआवासीय राजदूत नियुक्त (सूचीसहित)
२०८० जेठ १८, बिहिबार
यस्ताे छ आजकाे बिदेशी मुद्राको विनिमय दर, युराेकाे भाउ १ सय ४१ नाघ्याे
२०८० जेठ १८, बिहिबार
राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण, राजपत्रमा प्रकाशित भएपछि लागू हुने
२०८० जेठ १८, बिहिबार
तपाईं चिया पिउनुहुन्छ ? यो १ गल्तीले पार्न सक्छ तपाईंलाई अप्ठ्यारो
२०८० जेठ १८, बिहिबार