बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

अमेरिकी राष्ट्रपति र दक्षिण कोरियाली समकक्षिबीच फोनवार्ता – उत्तर कोरियाबारे प्रभावकारी रणनीति लिने सहमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकी राष्ट्रपति जो बाइडन र दक्षिण कोरियाली समकक्षी मून जाइ-इनबीच फोनवार्ता भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार  दुई मुलुकको आपसी सम्बन्ध विस्तार गर्ने र उत्तर कोरियाबारे प्रभावकारी रणनीति लिने विषयमा छलफल भएको छ ।

गत जनवरी २० मा बाइडनले अमेरिकाको राष्ट्रपतिमा शपथ लिएपछि पहिलोपटक दक्षिण कोरियाली समकक्षीसँग फोनवार्ता गरेका हुन्। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको पालामा मूनले अमेरिका र उत्तर कोरियाबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका थिए।

मूनका प्रवक्ताले योन्हाप समाचार एजेन्सीसँग कुरा गर्दै मूनको बाइडनसँगको वार्तामा उत्तर कोरियाको निशस्त्रीकरणका लागि मिलेर काम गर्ने सहमति भएको बताए।

वार्ताको क्रममा बाइडनले महत्वपूर्ण लक्ष्य हासिल गर्न सहकार्य बढेर अघि बढ्न आग्रह गरेको जनाइएको छ । ट्रम्पको प्रशासनले उत्तर कोरियासँगको सम्बन्ध सुधारको प्रयास गरेको थियो । यो क्रममा उत्तर कोरियाली नेता किम जोङ उन र ट्रम्पबीच ऐतिहासिक भेटवार्ता पनि भएको थियो ।

यद्यपि त्यसपछि भने बिस्तारै उनीहरुको सम्बन्ध चिसिँदै गएको थियो । अहिले धेरैमा बाइडन प्रशासनले उत्तर कोरियाबारे कस्तो नीति लिन्छ भन्ने चासो बढेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जेनजी नफुटबल प्रतियोगिताको उपाधि हात्तीमुडा फुलबल क्लबलाई
२०८३ बैसाख १८, शुक्रबार
बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए विवरण
२०८३ बैसाख १८, शुक्रबार
पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति
२०८३ बैसाख १८, शुक्रबार
अर्थमन्त्री वाग्ले र अमेरिकी राष्ट्रपतिका विशेष दूत गोरबीच भेटवार्ता
२०८३ बैसाख १८, शुक्रबार
जटिल प्रसूति अवस्थामा हवाई उद्धारले बचायो आमा र शिशुको ज्यान
२०८३ बैसाख १८, शुक्रबार
‘श्रम क्षेत्रका समस्या समाधानको अगुवाइ मजदुर सङ्गठनले गर्नुपर्छ’ – माधव नेपाल
२०८३ बैसाख १८, शुक्रबार
अतिक्रमित जग्गा खाली गराउने सरकारको कदमलाई जनताको साथ
२०८३ बैसाख १८, शुक्रबार