बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

जापानी प्रधानमन्त्रीद्वारा ‘कन्ट्र्याक ट्रेसिंग एप’ देखिएको त्रुटिका लागि क्षमा याचना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले गत जुनमा शुरू गरेको कोभिड सङ्क्रमण पत्ता लगाउने माध्यम (कन्ट्र्याक ट्रेसिंग एप) ‘कोकोआ’ मा रहेको प्राविधिक त्रुटी पत्ता लगाउन नसकेको भन्दै शुक्रबार सरकारको तर्फबाट क्षमा याचना गर्नुभएको छ ।

स्वास्थ्य मन्त्रालयले ‘ब्लुटुथ’ नामक ‘वायरलेस’ प्रविधिको सहयोगमा उक्त एपका माध्यमबाट १५ मिनेटसम्म एक मिटरको दूरीमा रहेका व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको वा नभएको सङ्केत सङ्कलन गर्ने बताइएको थियो ।

उक्त प्रविधिले एप प्रयोगकर्ताहरूले यदि उनीहरूसँग कुनै कोभिड सङ्क्रमित अर्को व्यक्ति सम्पर्कमा आएमा एपले कोरोनाभाइरस सङ्क्रमण नतिजा पुष्टि गर्ने बताइएको थियो ।

यद्यपि एपले गत सेप्टेम्बरदेखि संक्रमित व्यक्तिहरूको नजीकमा रहेका एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताहरूलाई सूचित गर्न असफल भएको पुष्टि भएको छ ।

“मलाई साह्रै दुः ख लागेको छ । यस विषयमा राम्ररी हेर्नु मेरो जिम्मेवारी हो ताकि यस्तो फेरि कहिल्यै हुँदैन,” सुगाले जापानको संसदीय एक समितिमा भन्नुभयो । यद्यपि प्रधानमन्त्री सुगाले स्वास्थ्यमन्त्री नोरहिसा तामुरालाई अनुशासित हुनुपर्ने विपक्षी दलको आह्वानलाई खण्डन गर्नुभएको छ ।

एपमा देखिएको प्राविधिक त्रुटीले डिजिटल टेक्नोलोजीलाई देशको विकास रणनीतिको फोकस बनाउने वाचा गरेका प्रधानमन्त्री सुगा र उहाँको नेतृत्वको सरकारलाई एक प्रकारको चोट पु¥याएको हो । महामारीलाई नियन्त्रण गर्ने सरकारी उपायहरूप्रति सार्वजनिक असन्तुष्टिको बीचमा यस असफलताले उहाँको ख्याति अनुमोदन मूल्याङ्कन सूचकाङ्क थप झरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जेनजी नफुटबल प्रतियोगिताको उपाधि हात्तीमुडा फुलबल क्लबलाई
२०८३ बैसाख १८, शुक्रबार
बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए विवरण
२०८३ बैसाख १८, शुक्रबार
पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति
२०८३ बैसाख १८, शुक्रबार
अर्थमन्त्री वाग्ले र अमेरिकी राष्ट्रपतिका विशेष दूत गोरबीच भेटवार्ता
२०८३ बैसाख १८, शुक्रबार
जटिल प्रसूति अवस्थामा हवाई उद्धारले बचायो आमा र शिशुको ज्यान
२०८३ बैसाख १८, शुक्रबार
‘श्रम क्षेत्रका समस्या समाधानको अगुवाइ मजदुर सङ्गठनले गर्नुपर्छ’ – माधव नेपाल
२०८३ बैसाख १८, शुक्रबार
अतिक्रमित जग्गा खाली गराउने सरकारको कदमलाई जनताको साथ
२०८३ बैसाख १८, शुक्रबार