बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

जर्मनीमा ६० हजार कोभिड-१९ सङ्क्रमितको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जर्मनीमा अहिलेसम्म ६० हजारभन्दा बढी कोरोनाभाइरस सङ्क्रमित व्यक्तिको मृत्यु भएको यहाँको रोबर्ट कोच इन्स्टिच्युटले शुक्रबार जानकारी गराएको छ ।

इन्स्टिच्युटका अनुसार विगत २४ घण्टामा मृत्यु हुने कोभिड सङ्क्रमितको सङ्ख्या ८ सय ५५ रहेको र अहिलेसम्म कूल ६० हजार ५९७ व्यक्तिले महामारीबाट ज्यान गुमाएका हुन् ।

उक्त अवधिमा जर्मनीमा सङ्क्रमितको सङ्ख्या १२ हजार ९०८ रहेको छ भने अहिलेसम्म कोभिड सङ्क्रमित भएका विरामीको सङ्ख्या २२ लाख ६४ हजार ९०९ पुगेको छ । जर्मनीमा महामारी सुरूभएपछि अहिलेसम्म २० लाख व्यक्ति कोभिड–१९ सङ्क्रमणमुक्त भएका छन् ।

विश्व स्वास्थ्य संगठनले गत वर्षको मार्च ११ मा कोभिड–१९ को सङ्क्रमणले विश्वव्यापी महामारीको रूप लिएको घोषणा गरेको थियो ।

अहिलेसम्म विश्वभर १० करोड ४० लाख ८० हजार व्यक्ति सङ्क्रमित भइसकेका छन् भने विश्वभर २२ लाख ८० हजार सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जेनजी नफुटबल प्रतियोगिताको उपाधि हात्तीमुडा फुलबल क्लबलाई
२०८३ बैसाख १८, शुक्रबार
बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए विवरण
२०८३ बैसाख १८, शुक्रबार
पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति
२०८३ बैसाख १८, शुक्रबार
अर्थमन्त्री वाग्ले र अमेरिकी राष्ट्रपतिका विशेष दूत गोरबीच भेटवार्ता
२०८३ बैसाख १८, शुक्रबार
जटिल प्रसूति अवस्थामा हवाई उद्धारले बचायो आमा र शिशुको ज्यान
२०८३ बैसाख १८, शुक्रबार
‘श्रम क्षेत्रका समस्या समाधानको अगुवाइ मजदुर सङ्गठनले गर्नुपर्छ’ – माधव नेपाल
२०८३ बैसाख १८, शुक्रबार
अतिक्रमित जग्गा खाली गराउने सरकारको कदमलाई जनताको साथ
२०८३ बैसाख १८, शुक्रबार