जेठ ७, २०८२ बुधबार May 21, 2025

बाघको आक्रमणबाट माहुतेको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राजापुर । बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी निकुञ्जकै हात्तीसारमा कार्यरत कर्मचारी माहुतेको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–७ मोहनपुर घर भएका ४२ वर्षीय मङ्गरु थारुको मृत्यु भएको हो ।

निकुञ्जभित्रको गैंडा मचान नजिकै हात्तीलाई घाँस काट्न गएका थारुको बाघको आक्रमणमा परी मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत रवीन कडारियाले बताएका छन ।

थारु २२ वर्षदेखि हात्तीसारमा करार कर्मचारीको रुपमा कार्यरत थिए । हात्ती लिएर जङ्गल पस्नुभएका थारु हात्तीबाट ओर्लिएर हात्तीलाई खर काट्ने क्रममा एक्कासि बाघले आक्रमण गरेर सय मिटर पर लगेको थियो । निकुञ्जको हात्तीसहितको टोलीले हल्लाखल्ला गर्दै थारुको खोजी गरेपछि बाघ भागेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुध शुद्ध छ कि अशुद्ध छ ? भन्ने जान्न यो घरेलु तरिका अपनाउनु होस्
२०८२ जेठ ७, बुधबार
भोजपुरका दुर्गम भेगमा निःशुल्क स्वास्थ्य शिविर
२०८२ जेठ ७, बुधबार
४८ घन्टामा राहात नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जान सक्छः राष्ट्र संघ
२०८२ जेठ ७, बुधबार
एउटा ‘शो’ का लागि ५४, ७१४ करोड भन्दा बढी लगानी, हुने भयाे विश्वकै महंगो शो
२०८२ जेठ ७, बुधबार
अक्षयले मागे हेराफेरी : ३ को छाडेको भन्दै परेश रावलमाथी २५ करोड जरिवाना
२०८२ जेठ ७, बुधबार
बागलुङमा आन्तरिक पर्यटकको आगमन वृद्धि
२०८२ जेठ ७, बुधबार
विद्यालय हाताभित्रै सकेट बम भेटिएपछी बालबालिकाको सुरक्षा चिन्ता
२०८२ जेठ ७, बुधबार