बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

अमेरिकाले कोभिडको खोपका लागि सेना परिचालन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः संयुक्त राज्य अमेरिकाले अमेरिकामा हालै शुरु भएको कोभिड १९ विरुद्धको खोप दिने प्रयोजनका लागि सहयोग गर्न सेना परिचालन गर्ने भएको बताइएको छ ।

पछिल्लो समयमा अमेरिकामा कोभिडका कारण ज्यान जाने नागरिकको संख्या दिन प्रतिदिन बढ्दै गएकोले यसको सङ्क्रमणलाई कम गर्न यसका विरुद्धको खोप लगाउने कार्यक्रमलाई गति दिन थालिएको बताइएको छ ।

अमेरिकाको फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सीले गरेको अनुरोधलाई यहाँको रक्षा मन्त्रालयले स्वीकार गरेको प्राप्त समाचारमा जनाइएको छ । अमेरिकी रक्षामन्त्री लियोद अस्टिनसँग उक्त फेडरल ब्युरोले सेनाको सहयोगका लागि अनुरोध गरेको र उहाँले यसलाई स्वीकार गर्नुभएको समाचारमा जनाइएको छ ।

सो सहयोग अन्तर्गत अमेरिकी रक्षा मन्त्रालयले सो इमर्जेन्सी विभागका लागि एक हजार ११० जना सैनिक खटाउने भएको जानकारी गराइएको छ ।अमेरिकी राष्ट्रपति जो बाइडेनले यही फेब्रुअरी १५ सम्ममा देशभर सबै नागरिकलाई आम रुपमा यो खोप दिने प्रयोजना लागि कम्तीमा पनि १०० वटा खोप केन्द्रहरु सार्वजनिक स्थलहरुमा राखिने भएको छ ।

यस प्रयोजनका लागि यहाँको सेनाले सैनिक चिकित्सकहरु र स्वास्थ्यकर्मीहरु खटाउने भएको अधिकारीहरुले जानकारी दिएका छन् । ती अधिकारीहरुका अनुसार अमेरिकामा पछिल्लो समयमा कोभिड १९ का संक्रमितहरुको संख्या बढ्दै गएको र मृत्यु हुनेको संख्या पहिलेका तुलनामा झनै बढ्न थालेकाले यसका विरुद्धको खोप लगाउने प्रक्रियालाई थप गति दिनुपर्नेमा जोड दिइएको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जेनजी नफुटबल प्रतियोगिताको उपाधि हात्तीमुडा फुलबल क्लबलाई
२०८३ बैसाख १८, शुक्रबार
बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए विवरण
२०८३ बैसाख १८, शुक्रबार
पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति
२०८३ बैसाख १८, शुक्रबार
अर्थमन्त्री वाग्ले र अमेरिकी राष्ट्रपतिका विशेष दूत गोरबीच भेटवार्ता
२०८३ बैसाख १८, शुक्रबार
जटिल प्रसूति अवस्थामा हवाई उद्धारले बचायो आमा र शिशुको ज्यान
२०८३ बैसाख १८, शुक्रबार
‘श्रम क्षेत्रका समस्या समाधानको अगुवाइ मजदुर सङ्गठनले गर्नुपर्छ’ – माधव नेपाल
२०८३ बैसाख १८, शुक्रबार
अतिक्रमित जग्गा खाली गराउने सरकारको कदमलाई जनताको साथ
२०८३ बैसाख १८, शुक्रबार