बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

इरानमाथि अमेरिकाद्वारा लगाइएका सबै प्रतिबन्धहरु हटाउन इरानको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पश्चिमा मुलुकले इरानलाई सन् २०१५ को आणविक सम्झौताको पूर्ण पालनमा फिर्ता चाहन्छन् भने त्यस पहिले संयुक्त राज्य अमेरिकालाई सबै प्रतिबन्ध हटाउन दवाव दिनुपर्ने इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीले बताउनुभएको छ ।

आइतवार इरानी राज्य सञ्चालित तस्निम समाचार एजेन्सीले खामेनीलाई उद्धृत गर्दै उक्त समाचार लेखेको छ । ” खामेनीले इरानी सेनाको एयर कमान्डरहरूसँगको एउटा कार्यक्रममा भन्नुभयो, “उनीहरू (यूरोपेली मुलुक)ले यदि इरान सन् २०१५ मा विश्वका प्रमुख शक्ति राष्ट्रहरूसँग गरेको बृहत् कार्ययोजनामा फर्कन चाहन्छन् भने उनीहरूले संयुक्त राज्य अमेरिकालाई इरानमाथिका सम्पूर्ण प्रतिबन्ध पूर्ण रूपमा हटाउन पहल गरून् ।”

उहाँले भन्नुभयो, “यदि सबै इरानमाथि अमेरिकाले लगाएका सबै प्रतिबन्धहरू प्रभावकारीरूपमा हटेको पाइएमा इरानले आफूसहित विश्वका शक्ति राष्ट्रहरूबीच भएको आणविक सम्झौता (संयुक्त बृहत कार्य योजना) लाई मान्न बाध्य हुनेछ ।”

इरानको आधिकारिक नीति पक्कैपनि यही हो । राजनीतिक नेताहरूसँग गरेको सहमति निश्तिरूपमा कार्यान्वयनमा जानुपर्छ तर सहमतिको अर्को पक्षले पनि यसलाई पालना गर्नुपर्छ ।

अमेरिका र उसका युरोपेली सहयोगीहरूले सबै प्रतिबद्धताहरूको उल्लङ्घन गरेको दावी गर्दै खामानीले भन्नुभयो, “इरानमाथि यथास्थितिमा कुनै पनि सर्तहरू राख्ने अधिकार उनीहरूलाई छैन ।”

शुरुदेखि नै आफ्ना सबै दायित्वहरू इरानले पूरा गरेको दावी गर्दै खामेनीले भन्नुभयो, “इरानले मात्र सम्झौताको शर्त तय गर्ने अधिकार पाएको छ ।”

सन् २०१५ इरान र संयुक्त राज्य अमेरिका, बेलायत, रूस, फ्रान्स, चीन, जर्मनी र युरोपियन युनियनबीच इरानमाथिका आर्थिक प्रतिबन्ध हटाउने सहमतिपछि तेहरानले आफ्नो आणविक कार्यक्रमका केही अंशलाई कम गर्न वा फिर्ता लिन सहमत भएको थियोे ।

सन् २०१८ मा अमेरिकी ट्रम्प प्रशासनले एकतर्फीरूपमा सम्झौताबाट पछि हटेको र इरानमा प्रतिबन्धको घोषणा गरेको थियो । अमेरिकाले सम्झौताबाट फिर्ता भएको घोषणापछि इरानले पनि सम्झौताका वुँदाहरूबाट क्रमशः पछि हट्ने घोषणा गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जेनजी नफुटबल प्रतियोगिताको उपाधि हात्तीमुडा फुलबल क्लबलाई
२०८३ बैसाख १८, शुक्रबार
बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए विवरण
२०८३ बैसाख १८, शुक्रबार
पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति
२०८३ बैसाख १८, शुक्रबार
अर्थमन्त्री वाग्ले र अमेरिकी राष्ट्रपतिका विशेष दूत गोरबीच भेटवार्ता
२०८३ बैसाख १८, शुक्रबार
जटिल प्रसूति अवस्थामा हवाई उद्धारले बचायो आमा र शिशुको ज्यान
२०८३ बैसाख १८, शुक्रबार
‘श्रम क्षेत्रका समस्या समाधानको अगुवाइ मजदुर सङ्गठनले गर्नुपर्छ’ – माधव नेपाल
२०८३ बैसाख १८, शुक्रबार
अतिक्रमित जग्गा खाली गराउने सरकारको कदमलाई जनताको साथ
२०८३ बैसाख १८, शुक्रबार