कार्तिक ९, २०८३ सोमबार October 26, 2026

हाउडेमायाको ‘तिम्रै प्यारी अर्धाङ्गिनी’ सार्वजनिक (भिडियोमा हेर्नुहोस)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सिर्जना खत्री हाउडेमायाको ‘तिम्रै प्यारी अर्धाङ्गिनी’सार्वजनिक भएको छ । स्वयं खत्रीको शब्द र स्वर रहेको सो गीतमा कालीप्रसाद बाँस्कोटाको सङ्गीत छ ।
गीतमा खत्री र केवलजङ्ग कुँवरको अभिनय छ ।

पछिल्लो समय ‘एक्सको छम्मा’ गीत गाएर चर्चा कमाउनुभएका उहाँले हाल यो गीत सार्वजनिक भएपछि स्रोता तथा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको बताउनुभयो । “विगतको गीतबाट यस्तै गीत मात्र गाउँछे भन्ने जुन टिप्पणी आएको थियो, त्यसलाई यो गीतले चिरेको छ”, उहाँले भन्नुभयो ।

माया गर्ने सम्पूर्ण जोडीका लागि यो गीत समर्पित रहेको खत्रीले बताउनुभयो । गीत उहाँकै व्यक्तिगत युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । रासस

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया