बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

म्यारियो द्रागीद्वारा इटलीको प्रधानमन्त्रीका रूपमा सपथ ग्रहण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इटलीको प्रधानमन्त्रीका रूपमा म्यारियो द्रागीले शनिबार सपथ ग्रहण गर्नुभएको छ । यूरो क्षेत्रको तेस्रो ठूलो अर्थतन्त्र इटलीमा केही हप्तादेखि राजनीतिक अन्यौलता कायम रहेको थियो ।

राष्ट्रपति सर्गियो माटेरेलाद्वारा उहाँलाई सपथ गराइएको हो । राष्ट्रपति भवनमा भएको सपथ कार्यक्रममा उहाँले भन्नुभयो, “म गणतन्त्रप्रति इमान्दार भई काम गर्ने प्रतिवद्धता जाहेर गर्छु ।

सपथ ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले आफू गणतन्त्र इटलीको राजनीतिक स्थिरताका लागि इमान्दार रहने बताउनुभयो । उहाँले भन्नुभयो, “म इटलीमा कोभिड–१९ का कारण परेको आर्थिक तथा सामाजिक समस्यालाई हल गर्दै अघि बढ्न नैतिक तथा विवेकपूर्ण तरिकाले लागिपर्नेछु ।”

यूरोपेली केन्द्रीय बैंकका पूर्व प्रमुखसमेत रहेका द्रागीको प्रधानमन्त्रीमा भएको आगमनसँगै रोमले कोभिड–१९ का कारण थला परेको अर्थतन्त्रलाई उकास्न महत्वपूर्ण भूमिका निर्बाह गर्नेमा इटलीका जनता, राजनीतिक पार्टी, उद्योगपछि तथा व्यवसायी आशावादी बनेका इटलीका सञ्चारमाध्यमले बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जेनजी नफुटबल प्रतियोगिताको उपाधि हात्तीमुडा फुलबल क्लबलाई
२०८३ बैसाख १८, शुक्रबार
बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए विवरण
२०८३ बैसाख १८, शुक्रबार
पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति
२०८३ बैसाख १८, शुक्रबार
अर्थमन्त्री वाग्ले र अमेरिकी राष्ट्रपतिका विशेष दूत गोरबीच भेटवार्ता
२०८३ बैसाख १८, शुक्रबार
जटिल प्रसूति अवस्थामा हवाई उद्धारले बचायो आमा र शिशुको ज्यान
२०८३ बैसाख १८, शुक्रबार
‘श्रम क्षेत्रका समस्या समाधानको अगुवाइ मजदुर सङ्गठनले गर्नुपर्छ’ – माधव नेपाल
२०८३ बैसाख १८, शुक्रबार
अतिक्रमित जग्गा खाली गराउने सरकारको कदमलाई जनताको साथ
२०८३ बैसाख १८, शुक्रबार