मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

जापानमा कोरोनाविरुद्धको खोप लगाउन शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः जापानमा कोरोनाभाइरसविरुद्धको खोप लगाउन बुधबारदेखि शुरु गरिएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मीलगायतका अग्रपक्तिंमा कार्यरत व्यक्तिहरुलाई खोप लगाउन थालिएको अधिकारीहरुले जनाएका छन् ।

खोप लगाउनका लागि प्राथमिकता क्रम निर्धारण गरिएको छ । अन्य प्राथमिकतामा परेकाहरुलाई त्यसपछि क्रमशः लगाउँदै जाने अधिकारीहरुको भनाइ छ । फाइजर र बायोएनटेकले विकास गरेको खोप लगाउन थालिएको हो । राजधानी टोकियोमा रहेको राष्ट्रिय अस्पताल टोकियो मेडिकल सेन्टरमा खोप लगाउने व्यवस्था गरिएको छ ।

पहिलो चरणमा झण्डै ४० हजार स्वास्थ्यकर्मीले खोप लगाउन पाउने अधिकारीहरुको अनुमान छ । पहिलो दिन बुधबार मात्रै झण्डै ८०० स्वास्थ्यकर्मीहरुले खोप लगाएका छन् । टोकियो मेडिकल सेन्टरका प्रमुख कजुहिरो अराकीले सबैभन्दा पहिलो खोप लगाउनुभएको थियो । उहाँले खोप लगाएपछि कसै कसैलाई सामान्य सहायक असर देखिए पनि नकारात्मक असर भने नपर्ने दाबी गर्नुभयो ।

खोप अभियानमा सबै सक्रिय सहभागी हुने र कोरोनाविरुद्धको अभियानलाई परास्त गर्न सकिने उहाँको विश्वास थियो ।

प्रधानमन्त्री योशिहिडे सुगाले पनि अहिले प्रारम्भिक चरणका लागि मात्रै खोप ल्याइएको र सबैलाई पुग्नेगरी ल्याउने गृहकार्य भइरहेको जानकारी दिनुभयो । जापानको स्वास्थ्य मन्त्रालयले १६ वा सोभन्दा बढी उमेरका व्यक्तिलाई यो खोप लगाउन अनुमति दिने निर्णय गत आइतबार मात्रै गरेको हो ।

कोरोना भाइरसबाट धेरै प्रभावित मुलुकमा पर्ने जापानमा अन्य प्रभावशाली र विकसित मुलुकको तुलनामा धेरै ढिला खोप अभियान शुरु भएको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार