असार ५, २०८३ शुक्रबार June 19, 2026

साना व्यवसायीका उत्पादन ६० दिन निःशुल्क बिक्री गरिदिन्छौं – टेम्पल प्याकुरेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दराजले सारथिको अवधारणा किन ल्यायो ?

कोभिड–१९ का कारण धेरै साना उद्योगमा चालू पुँजीको अभाव भयो । दराजसँग करिब ६ हजार विक्रेता आबद्ध छन् । उनीहरूलाई हाम्रोतर्फबाट लकडाउनको समयमा केही सहयोग गर्न सकिन्छ कि भनेर सहयात्री कार्यक्रम ल्यायौँ । यसलाई धेरैले मन पराएपछि अझ अघि बढेर हामील नबिल बैंकसँग पनि सहकार्य गरेर सारथि कार्यक्रम ल्याएका हौँ ।

हाम्रो अध्ययनमा परेका साना तथा मझौला उद्योगलाई चालू पुँजीका कारण क्षमता वृद्धि गर्न नसकेको पाइएपछि नियमसंगत ढंगले कर्जा प्रदान गर्न आग्रह गर्‍यौँ । बैंक पनि त्यस्ता उद्यमी वा व्यवसायीलाई सहुलियतपूर्ण कर्जा लगानी गर्न तयार भयो । यसरी नबिल बैंकबाट कर्जा निकालेर आफ्नो क्षमता विस्तार गर्दै दराजमार्फत आफ्ना उत्पादन बिक्री गर्ने बाटो देखाउने कार्यक्रम नै सारथि हो ।

नेपाली उत्पादकहरूको बजार विस्तार सञ्जाल कमजोर भएर दराजले यसको जिम्मा लिएको हो ? 

कोभिड–१९ को त्रास र संक्रमणको आशंकाबीच मानिसहरू सकेसम्म घरमै बसिरहेका थिए । मानिस पसल वा भिडभाडमा नजाने हुनाले अत्यावश्यक वस्तु खरिद गर्ने शैली परिवर्तन भयो । यो समयमा साना तथा मझौला उद्योगलाई आफ्ना उत्पादन बिक्री गर्न समस्या परेको हामीले पायौँ ।

विभिन्न उद्योगी हामीमार्फत सामान बिक्री गर्न चाहिरहनु भएको हाम्रो जानकारीमा आयो । उहाँहरूका सामान बिक्री गरिदिएबापत निश्चित शुल्क लियौँ । तर, उहाँहरूका लागि हामीलाई तिर्नुपर्ने शुल्क पनि ठूलो देखिन गयो । अहिलेको अवस्थामा शुल्क तिर्न गाह्रो भयो भन्ने गुनासो आएपछि निःशुल्क बिक्री गरिदिने योजना बनायौँ । उहाँहरू कोभिड–१९ का कारण साँच्चै प्रभावित हुनुभएको हाम्रो ठहर छ ।

अहिले सामान्य अवस्थामा ६० दिनसम्म उहाँहरूको सामान निःशुल्क बिक्री गर्ने योजना छ । त्यसपछि उहाँहरूको व्यवसाय बढ्यो, अब सेवा शुल्क तिर्न सक्ने पनि देखियो । निकै कम शुल्क लिने तयारीमा हामी छौँ । अर्थात् १ दशमलव १२५ प्रतिशत मात्र लिन्छौँ ।

नबिल बैंकसँग सम्झौता नै गरेर जानुको कारण साना तथा लघु उद्योग क्षमतावान् तर पुँजी अभावसँग जुधिरहेको भन्ने निष्कर्ष हो ?

अहिले धेरै साना तथा लघु उद्योगलाई बजारीकरण खर्च व्यहोर्न गाह्रो भइरहेको छ । हाम्रा अन्य धेरै संस्था र कम्पनीसँग पनि सहकार्य भइरहेको छ । त्यसमध्ये नबिलसँग पनि हाम्रो धेरै क्षेत्रमा सहकार्य भइरहेको छ । अहिलेको अवस्थामा कोभिडका कारण साना तथा समस्या भोगिरहेका लघु उद्योगीलाई सहयोग गर्ने प्रस्ताव पनि नबिलसँगै गर्‍यौँ । अनलाइनमा आउन खोज्ने धेरै एसएमई र संघर्ष गरिरहेका व्यवसायीलाई नबिल बैंक र हामीले सहयोग गर्नुपर्छ भन्ने निष्कर्ष निकाल्यौँ । दुवैको चासो एउटै विषयमा रहेकाले सम्झौता सम्भव भयो ।

नबिलसँगको सहकार्य र सारथि कार्यक्रमले एसएमईहरूलाई कत्तिको आकर्षित गरेको छ ?

हामीले सञ्चालन गरेको सहयात्री एउटा गेम चेन्जर कार्यक्रम नै भयो । लकडाउनपछि हामीले विक्रेतालाई दुई हप्तामा भुक्तानी दिने ठाउँमा एक हप्तामै दिन थाल्यौँ । कुनै शुल्क नलाग्ने व्यवस्था गरिदियौँ । त्यसमा हामीले लगभग सात हजार नयाँ विक्रेता दराजसँग जोडिन आइपुगे । यो ठूलो अत्यन्त राम्रो नतिजा नै हो । सारथिका बारेमा भन्नुपर्दा अहिले हामीले सुरु गरेको डेढ महिनामा करिब तीन सय विक्रेताले कर्जाका लागि कुरा अगाडि बढाएको जानकारीमा आएको छ । अहिलेलाई यो संख्या सन्तोषजनक नै हो ।

बजारमै गएर सामान छानेर मात्र किन्ने नेपालीको बानीलाई अनलाइन सपिङमा पूरै आकर्षित गर्न अबको योजना के छ ?

अहिले बजारमा अनलाइन बजारीकरणको प्रतिस्पर्धा पनि बढेको छ । अहिले थपिएका नयाँ कम्पनीले पनि अनलाइन सपिङलाई टेवा नै पुर्‍याएको छ । ई–कमर्स सम्बन्धित तर फरक प्रोडक्ट उपलब्ध गराउने फुडमान्डुजस्ता विभिन्न साइट सञ्चालनमा छन् । त्यस्तै, सामाजिक सञ्जालबाट आफ्नो सामान बिक्री गर्नेहरू पनि छन् । यो ज्यादै सकारात्मक वातावरण हो ।

यसले विक्रेता र क्रेता दुवै पक्षलाई ठूलो शिक्षा दिएको छ । अनलाइन बजारको विषयमा धेरै जानकारी दिएको छ । सामान्यतः बजारमा नपाइने र नदेखिएका सामान पनि अनलाइनमा पाइन्छ भन्ने धेरैलाई लाग्न थालेको छ । ई–कमर्स जटिल पनि छ । तर, क्रेता र विक्रेताबीच हामीले बुझाउनुपर्नेछ । अहिले हाम्रो साइटमा प्रत्येक दिन हजारौँ ग्राहकले सामान किनेपछि सामानका बारेमा प्रतिक्रिया दिन्छन् । त्यसले पनि अन्य ग्राहकलाई सामानबारे बुझाउन सहयोग पुगेको छ । नयाँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
२०८३ असार ५, शुक्रबार
काठमाडौं राप्रपामा विद्रोह, अध्यक्ष सिम्खडासहित १०७ जनाले छाडे पार्टी
२०८३ असार ५, शुक्रबार
काभ्रेमा आठ हजार नागरिकता जारी, २७ हजार परिचयपत्रको आवेदन
२०८३ असार ५, शुक्रबार
फिफा विश्वकप : दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा प्रवेश
२०८३ असार ५, शुक्रबार
सुनको मूल्य एकैदिन ह्वात्तै घट्यो
२०८३ असार ५, शुक्रबार
नवनिर्मित अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार