मंग्सिर ७, २०८२ आइतबार November 23, 2025

विश्वभरिका पोषण अभियन्ता नेपालमा, काठमाडौं घोषणापत्र जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । पोषण सेवा विस्तार अभियानसम्बन्धी विश्व सम्मेलन बिहीबार काठमाडौँमा सम्पन्न भएको छ । संयुक्त राष्ट्रसंघको पोषण सेवा विस्तार अभियान (सन मुभमेन्ट) सचिवालय र राष्ट्रिय योजना आयोगको संयुक्त आयोजनामा चार दिन अगाडि सो कार्यक्रम सुरु भएको थियो ।

कार्यक्रम समापन गर्दै नेपाल सरकारका तर्फबाट उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले जापान सरकारका प्रतिनिधि, नेपालका लागि जापानी राजदूत मासामिचि साइगोलाई काठमाडौँ घोषणापत्र हस्तान्तरण गरेका छन ।

अभियानसम्बन्धी आगामी विश्व सम्मेलन आगामी हिउँदमा टोकियोमा हुने भएकाले सो घोषणापत्र जापानलाई हस्तान्तरण गरिएको हो ।

समापन समारोहमा बोल्दै उपप्रधानमन्त्री यादवले नेपाल सरकार आफ्ना विभिन्न नीतिनियम तथा कार्यक्रमहरू मार्फत् नेपाली बालबालिकाको पोषण स्तर अभिवृद्धि गर्न प्रतिबद्ध रहेको बताएका छन ।

संविधानले नै स्वास्थ्यलाई मौलिक हक मानेको उल्लेख गर्दै यादवले अन्य देशहरूमा पनि अझ बलियो बहुपक्षीय पोषण योजना हुनुपर्ने औल्याएका छन ।

यसैगरी अर्थमन्त्री डा. युवराज खतिवडाले बालबालिकाको पोषण दिगो विकास लक्ष्यका सबै बुँदासँग प्रत्यक्ष गाँसिएको उल्लेख गर्दै अभियन्ताहरू प्राप्त उपलब्धि नगुमून् भन्ने कुरामा सचेत हुनुपर्ने बताएका छन । उनले थपे, ‘आगामी पुस्ता अझ स्वस्थ र प्रतिभाशाली होस् भन्ने कुरा हामीले सुनिश्चित गर्नुपर्छ ।’

राष्ट्रसङ्घकी सहायक महासचिव तथा पोषण अभियान संयोजक गेर्डा भेनबर्गले सम्मेलनका सहभागीहरूलाई आआफ्ना देशमा फर्किएर अझ सक्रियताका साथ काम गर्न आग्रह गरिन् ।

सम्मेलनमा करिब ७० देशका सरकारी, गैरसरकारी, निजी क्षेत्र तथा नागरिक समाजका एक हजारभन्दा बढी प्रतिनिधि सहभागी थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य मन्त्री डा.गौतम र जापानी राजदूत माइदा तोरुबीच भेटवार्ता
२०८२ मंग्सिर ७, आइतबार
विवाहपञ्चमीको चौथो दिन आज तिलकोत्सव सम्पन्न
२०८२ मंग्सिर ७, आइतबार
निर्वाचनको विकल्प छैनः संयोजक दाहाल
२०८२ मंग्सिर ७, आइतबार
प्राध्यापकको लापरवाहीका कारण एसईई र कक्षा १२ को नतिजा ढिलाइ : शिक्षामन्त्री पुन
२०८२ मंग्सिर ७, आइतबार
जसपा, राष्ट्रिय मुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एउटै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने सहमति
२०८२ मंग्सिर ७, आइतबार
सर्वोच्चको आदेशपछि दुर्गा प्रसाईं थुनामुक्त
२०८२ मंग्सिर ७, आइतबार
माछापुच्छ्रे बैंक र जोयालुक्कास एक्सचेन्ज यूएईबीच रेमिट्यान्स सम्झौता
२०८२ मंग्सिर ७, आइतबार