काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं थुनामुक्त भएका छन् । सर्वोच्च अदालतले प्रत्यक्ष कारबाहीयोग्य आदेश जारी गर्दै प्रसाईंलाई तत्काल रिहा गर्न निर्देशन दिएपछि उनी आज जेलमुक्त भएका हुन्।
प्रसाईंका छोरा निराजन प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेल समावेश इजलासले थुनामा राख्न कानुनी आधार नदेखिएको निष्कर्ष निकाल्दै रिहा गर्ने आदेश दिएको हो।
रिटमा प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै तत्काल रिहाइको माग गरिएको थियो। आदेश जारी भएको केहीबेरमै प्रशासनले प्रक्रिया पूरा गरी प्रसाईंलाई मुक्त गरेको पारिवारिक स्रोतले जनाएको छ।
प्रसाईं पक्राउ र मुद्दा प्रक्रियाको विषयमा सर्वोच्चको आदेशपछि अब कानुनी तथा राजनीतिक बहस अझ तीव्र हुने अपेक्षा गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया