बैसाख २६, २०८३ शनिबार May 9, 2026

एन्ड्रोइड प्रयोगकर्ताले अब युट्युबमा फोरके भिडियो हेर्न पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः युट्युबले एन्ड्रोइड प्रयोगकर्ताका लागि नयाँ सुविधा सार्वजनिक गरेको छ । यो फिचरले फोरके क्यापेबल स्किृन नभएका डिभाइसमा पनि ६० फ्रेम प्रति सेकेन्डमा एचडीआर सहितको फोरके भिडियो हेर्ने सुविधा दिन्छ ।

यसको अर्थ हालसम्म एन्ड्रोइड प्रयोकर्ताले उच्च गुणस्तरकाे भिडियाे १०८०पी स्क्रिनमा मात्र हेर्न पाएकाेमा अब फोरके (२१६०पी) स्ट्रिमिङ अप्सनमा भिडियो हेर्न पाउनेछन् । हालका अधिकांश स्मार्टफोनमा १०८०पी (फुल एचडी) र ७२०पी रिजोलुसन्समा भिडियो हेर्न मिल्ने सुविधा छ ।

यद्यपि यसअघि गुगलले युट्युबमा अपलाेड भएका फोरक भिडियो १४४० पी रिजाेलुसनमा हेर्न सकिने व्यवस्था ल्याएको थियो ।

गुगलले सर्भर साइड अपडेटबाट यो नयाँ स्ट्रिमिङ अप्सन सुरुवात गरेको हो । यो फिचर सबै प्रयोगकर्ताले प्रयोग गर्न पाउने छैनन् । युट्युबमा १०८०पी स्क्रिनमा भिडियाे हेरिरहेका प्रयोगकर्ताले मात्र अब एचडीआर सहित फोरके भिडियो हेर्न पाउँछन् ।

अर्कोतर्फ फोरके भिडियो हेर्नका लागि इन्टरनेट कनेक्सन राम्रो हुनुपर्ने बताइएको छ । गत वर्ष युट्युबले आईओएस प्रयोगकर्ताका लागि फोरके प्लेब्याक फिचर ल्याएको छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
२०८३ बैसाख २६, शनिबार
कङ्गोको द्वन्द्वग्रस्त क्षेत्रमा नागरिक असुरक्षा बढ्दो
२०८३ बैसाख २६, शनिबार
सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान
२०८३ बैसाख २६, शनिबार
बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
२०८३ बैसाख २६, शनिबार
विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा
२०८३ बैसाख २६, शनिबार
नेपालगन्ज १० म्युजिक नाइट रनमा सेनाका अक्कल र धादिङकी सन्तोषी च्याम्पियन
२०८३ बैसाख २६, शनिबार
बर्डफ्लुले ५० लाखको क्षति: अनुसन्धान फार्मका सबै पन्छी नष्ट
२०८३ बैसाख २६, शनिबार