असोज ६, २०८३ मंगलबार September 22, 2026

इरान उच्चस्तरीय आणविक निरीक्षणमा सहमत भएको ट्रम्पको दाबी

इरान उच्चस्तरीय आणविक निरीक्षणमा पूर्ण रूपमा सहमत भएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वासिङ्टन, ९ असार (रासस/एएफपी) : संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अन्तरराष्ट्रिय आणविक निरीक्षकलाई पुनः प्रवेश गर्न दिने तथा दीर्घकालीन उच्चस्तरीय आणविक निरीक्षण स्वीकार गर्न पूर्ण रूपमा सहमत भएको दाबी गर्नुभएको छ ।

मङ्गबार आफ्नो ‘ट्रुथ सोशल’ सञ्जालमार्फत ट्रम्पले इरानले भविष्यमा पनि उच्चस्तरीय आणविक निरीक्षण स्वीकार गर्ने सहमति जनाएको बताउनुभयो । यसले इरानको आणविक कार्यक्रम पारदर्शी रहने विश्वास व्यक्त गर्नुभयो ।

मध्यपूर्वमा भएको द्वन्द्व अन्त्य गर्ने उद्देश्यले हालै भएको सहमतिपछि अमेरिका र इरानबीच इस्लामिक गणतन्त्रको आणविक कार्यक्रमलगायत विषयमा वार्ता जारी छ । स्विट्जरल्याण्डमा दुवै देशका प्रतिनिधिबीच प्राविधिक तहमा वार्ता भइरहेको र ती वार्ता सकारात्मक रूपमा अघि बढिरहेको ट्रम्पले बताउनुभयो ।

ट्रम्पले इरानले गरेका अन्य महत्वपूर्ण सहमतिका आधारमा हर्मुज जलडमरूमा अमेरिकी नौसैनिक नाकाबन्दी कायम नराख्ने निर्णय गरिएको पनि उल्लेख गर्नुभयो । यद्यपि आवश्यक परेमा नाकाबन्दी पुनः लागू गर्न सकिने भन्दै त्यसका लागि नौसैनिक तयारी यथावत् रहेको उहाँले बताउनुभयो ।

विश्वव्यापी तेल तथा ग्यास निर्यातका लागि महत्वपूर्ण मानिने हर्मुज जलडमरू युद्धका क्रममा विवादको प्रमुख विषय बनेको थियो । उक्त जलमार्गमा अवरोध उत्पन्न हुने आशङ्काले विश्व अर्थतन्त्रमा समेत प्रभाव परेको थियो ।

यद्यपि ट्रम्पले इरान उच्चस्तरीय आणविक निरीक्षणमा पूर्ण रूपमा सहमत भएको दाबी गरे पनि इरानका पछिल्ला अभिव्यक्तिले त्यसबारे प्रश्न उठाएका छन् ।

ट्रम्पको उक्त अभिव्यक्तिभन्दा केही समयअघि इरानले गत वर्ष अमेरिकी र इजरायली आक्रमणबाट प्रभावित आफ्ना प्रमुख आणविक केन्द्रको निरीक्षण संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकायलाई गर्न नदिइने जनाएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
२०८३ असोज ६, मंगलबार
परराष्ट्रमन्त्री खनाल र भुटानी प्रधानमन्त्री तोग्बेबीच न्यूयोर्कमा भेटवार्ता
२०८३ असोज ६, मंगलबार
हरिपरिवर्तिनी एकादशी आज, भगवान विष्णुको पूजा–आराधना गरिँदै
२०८३ असोज ६, मंगलबार
रास्वपा दोलखाले तोक्यो नौ वटै पालिकामा संयोजक
२०८३ असोज ६, मंगलबार
प्रधानमन्त्री बालेन आज राष्ट्रसंघ महासभामा भाग लिन न्युयोर्क जाँनुहुँदै
२०८३ असोज ६, मंगलबार
परराष्ट्रमन्त्री खनाल र इयुकी कार्यकारी उपाध्यक्ष रिबेराबीच न्युयोर्कमा भेटवार्ता
२०८३ असोज ६, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै
२०८३ असोज ६, मंगलबार