वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

क्षयरोगका बिरामी खोज्दै भरतपुर महानगरपालिका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  नेपाल क्षयरोग निवारण संस्था नारायणगढले क्षयरोगका बिरामी खोज्दै गर्दै आइरहेको छ । विसं २०३६ बाट निरन्तररूपमा सो संस्थाले अभियान चलाउँदै आएको छ ।

भरतपुर महानगरपालिका–१ लीलाचोकमा कार्यालय रहेको सो संस्थाले गत वर्ष ९९१ जनाको खकार परीक्षण गरी ४५ क्षयरोगका बिरामीको उपचार गरिरहेको छ । कार्यक्रम अधिकृत अर्जुन त्रिपाठीका अनुसार संस्थाले चालु आर्थिक वर्षको हालसम्म १४४ जनाको परीक्षण गरेको छ । तीमध्ये आठ क्षयरोगका बिरामी भेटिएका छन् ।

संस्थाका सभापति दामोदर न्यौपानेका अनुसार यस वर्ष विभिन्न आठवटा जनचेतनामूलक कार्यक्रम गरिएको छ । गत वर्ष १० वटा कार्यक्रम गरिएको थियो । विभिन्न सङ्घसंस्था, सरोकारवाला, बिरामी, समुदायका मानिस, स्वास्थ्य आमा समूहलगायत लक्षित वर्गसम्म पुगेर रोगका बारेमा जानकारीसँगै जनचेतना फैलाउने काम भइरहेको छ ।

संस्थामा हाल २९ क्षयरोगका बिरामी उपचाररत छन् । ती बिरामीमध्ये सात जनालाई मल्ट्री ड्रग रेसिस्टेन्ट अर्थात् महङ्गो खालको औषधि खुवाएर उपचार गरिँदैछ । छ महिना औषधि खाँदा निको नभएका जटिल बिरामीलाई यो औषधि खुवाउने गरिन्छ । न्यौपानेका अनुसार ती बिरामीलाई एक जनाको उपचारमा रु आठ लाख हाराहारी खर्च हुने गर्दछ । उनीहरुका लागि सरकारले औषधि, पोषण र परीक्षण खर्च उपलब्ध गराउँछ । त्यसको सहजीकरण संस्थाले गर्दै आएको न्यौपानेले जानकारी दिनुभयो । उनीहरुलाई नौदेखि १८ महिना औषधि खुवाउनुपर्ने हुन्छ ।

सामान्य अवस्थाका बिरामीका लागि करिब रु छ हजार खर्च हुने गर्दछ । उनीहरुलाई छ महिनासम्म नियमित औषधि खुवाउनुपर्ने हुन्छ । क्षयरोग दुई प्रकारका हुने गर्दछन् । एउटा फोक्सोमा लाग्ने गर्दछ भने अर्को अन्य अङ्गमा लाग्ने गर्दछ । फोक्सोमा लागेको क्षयरोग श्वासप्रश्वासबाट सर्ने गर्दछ । अन्य अङ्गमा लागेका क्षयरोग सर्दैन ।

सङ्घले क्षयरोगका बिरामीको एचआइभी एड्स परीक्षण र एचआइभीका बिरामीको क्षयरोग परीक्षणसमेत गर्ने गर्दछ । न्यौपानेले भन्नुभयो, “सामाजिक व्यक्तिहरुको सहयोगका कारण समुदायमा बिरामी खोजेर उपचार गर्ने यो अभियानले निरन्तरता पाएको छ ।” उहाँको भनाइमा नेपालमा विसं २०१० मा स्थापना भएको यस संस्थाअन्तर्गतका शाखामा सामाजिक व्यक्ति रहेर समुदायमा सेवा गर्दै आएका छन् । यस संस्थाले विद्यालयमा जुनियर नाटा नामक समिति गठन गरी जनचेतनामूलक कार्यसमेत गर्ने गरेको छ ।

सो संस्था सञ्चालनका लागि रु ४७ लाख ५० हजारको अक्षयकोष खडा गरिएको छ । संस्थाले विगत १० वर्षदेखि एम्बुलेन्स सञ्चालन गर्दै आएको छ । यससँगै हालै मात्र नयाँ एम्बुलेन्स खरिदका लागि संस्थाका पूर्वसभापति भीमराज पाठकले रु १५ लाख संस्थालाई उपलब्ध गराउनुभएको छ ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारी सरकारले गर्नुपर्ने काम यस संस्थाले गर्दै आएको बताउनुहुन्छ । जनचेतनामार्फत शङ्कास्पदलाई परीक्षणको दायरामा ल्याउने, नियमित औषधि खुवाउनेलगायतका काम संस्थाले गरिरहेको उहाँको भनाइ छ । कोरोना सङ्क्रमण शुरु भएलगत्तै औषधि प्रयोग गरिरहेकाहरुलाई सङ्गठित बनाएर अनुभव आदानप्रदान र उपचारमा सहयोग गरेर नमूना काम गरेको उहाँले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार