असोज ११, २०८३ आइतबार September 27, 2026

स्मार्टफोनमा धक्का लागेपछि सुँगुर पाल्दै ह्वावे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः निवर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षालाई मध्यनजर गर्दै ह्वावेलाई प्रतिबन्ध लगाए । प्रतिबन्धमात्रै नभएर अमेरिकी कम्पनीले ह्वावेलाई कुनै पनि सामान बिक्रि गर्न नपाउने निर्णय गरे । यो निर्णय ह्वावेको लागि सबैभन्दा ठूलाे चुनौती बनिरहेकाे छ ।

स्मार्टफोन निर्माणका लागि आवश्यक पर्ने धेरैजसो महत्वपूर्ण वस्तु अमेरिकी कम्पनीले नै उत्पादन गर्ने हुँदा ह्वावेलाई ठूलो धक्का लागेको छ । चिप उपलब्ध नहुनु र एन्ड्रोइड प्लेटर्फम नै प्रयोग गर्न नपाउँदा कम्पनीको मोबाइल व्यवसाय विस्तारै सेलाउँदै गएको छ ।

यसबीच ह्वावेले आफूलाई बलियो भने बनाइरहेको छ । उसले एन्ड्रोइड जस्तै आफ्नै प्लेटफर्म निर्माण गरिसकेको छ । गुगल प्ले स्टोर जस्तै आफ्नै छुट्टै एप ग्यालरी पनि विकास गरिसकेको छ ।

ह्वावेका सीईओ रेन जेङफेईले पनि स्मार्टफोन व्यवसाय नछाड्ने बताइसकेका छन् । तर, कम्पनी विस्तारै अन्य क्षेत्रमा आफूलाई विस्तार गर्न लाग्नुकाे पछाडि स्मार्टफाेनमा बेहाेरेकाे धक्का नै हाे भनेर सजिलै बुझ्न सकिन्छ ।

अघिल्लो हप्तामात्रै कम्पनीले चीनको ताइवानमा कोइलाखानीमा लगानी गरेको थियो । उक्त कोइला खानीमा आर्टिफिसियल इन्टिलिजेन्स (एआई) को प्रयोग गरी त्यसको क्षमता विस्तार गर्ने भन्दै झन्डै सय जना ह्वावेका इन्जिनियर त्यहाँ पठाइएको छ ।

कोइला खानीमा लगानी गरेको एक हप्ता नबित्दै अहिले कम्पनीले सुँगुर फार्मिङमा पनि लगानी गरेको समाचार चर्चित बनिरहेकाे छ । चीन सुँगुर उत्पादनमा विश्वमै सबैभन्दा अघि छ । चीनमा उत्पादन हुने सुँगुर विश्वको कुल उत्पादनको आधाभन्दा बढी हुने बताइन्छ ।

सुँगुर फार्मिङलाई विस्तार गर्ने योजनाका साथ त्यहाँ पनि एआई प्रविधिको प्रयोग गर्ने गरी कम्पनीले लगानी गरेको छ । यसरी विभिन्न क्षेत्रमा लगानी विस्तार गर्नुको उद्देश्य ह्वावेलाई आगामी दिनमा प्रविधि विकासमा सहयोग पुगोस् भन्ने रहेको जनाइएको छ । -टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन
२०८३ असोज ११, आइतबार
सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण : डा गुणाकर भट्ट
२०८३ असोज ११, आइतबार
‘नेपाली डायस्पोरा आर्थिक रूपान्तरणको महत्वपूर्ण साझेदार’ : परराष्ट्रमन्त्री
२०८३ असोज ११, आइतबार
बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा
२०८३ असोज ११, आइतबार
पर्यटन विकासका लागि अन्तर मन्त्रालय समन्वय आवश्यक छ : मन्त्री पौडेल
२०८३ असोज ११, आइतबार
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा
२०८३ असोज ११, आइतबार
गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार
२०८३ असोज ११, आइतबार