असार ५, २०८३ शुक्रबार June 19, 2026

संसद्लाई सुनुवाइ गर्न नदिएर गरिएका नियुक्ति स्वतः बदर हुन्छन्ः लक्ष्मणलाल कर्ण (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

संसद् विघटन गरेर संसदीय सुनुवाइविनै संवैधानिक निकायमा नियुक्ति र शपथ भयो । संसद् पुनस्र्थापना भएको छ । अब के हुन्छ ? 

सर्वाेच्चको फैसलामा ५ पुसपछिको अवस्था शून्यतामा पुग्यो भनेको छ । जब कि यी नियुक्ति २१ माघमा भएका छन् । सीधाभन्दा यी सबै नियुक्ति ५ पुसपछिका हुन् । त्यसैले यी नियुक्ति शून्य समयका भएकाले बदर भए । दोस्रो, अहिले जुन अध्यादेशबाट नियुक्त भएको हो, त्यो अध्यादेशमाथिको मुद्दा पनि सर्वोच्चले हेरिरहेको छ । संवैधानिक परिषद्मा सभामुख पनि हुनुहुन्छ । नियुक्ति गर्ने दिन मलाई खबर गरिएन र अध्यादेशका आधारमा नियुक्त हुनु पनि आफैंमा असंवैधानिक हो भनेर सभामुखले सर्वोच्चमा रिट हाल्नुभएको छ । यो विषयमा पनि सर्वोच्चले उपयुक्त पैmसला गर्नेछ ।

नियुक्तिको विषयमा सुनुवाइ समितिले केही प्रक्रिया अघि बढाउन सक्छ ?

फाइल सभामुखले फिर्ता गरिसक्नुभएको छ । अहिले सचिवालयमा त्यो फाइल छैन । अदालतले हेरिरहेको अवस्थामा सुनुवाइ समितिले त के भन्न सक्छ र ! अहिले नै सुनुवाइको अवस्था मैले देखेको छैन । जेहोस् नियुक्तिले मान्यता गुमाएको छ । संसद् विघटन गरेपछि संसदीय सुनुवाइ समितिले काम गर्न पाएन । सुनुवाइ समितिबाट निर्णय आएन भनेर नियुक्त गरिएको छ । हामीले संसदीय सुनुवाइ गरेर अनुमोदन गर्न सक्थ्यौँ । त्यो प्रक्रिया नै अवरुद्ध भयो । त्यो अवरुद्ध समयलाई सर्वोच्चले शून्य समय भनेको छ ।

संसदीय सुनुवाइ हुन सकेन भनेर सभामुखले लेखेर पठाउनुभयो, तर त्यसले किन कुनै प्रभाव पारेन ?

नियुक्ति त स्वतः गलत छ । अध्यादेश नै गलत छ । ऐन बनाएर हामीले संविधान संशोधन गर्न सक्दैनौँ । अहिले संविधान संशोधन गरेको छ । संसदीय सुनुवाइका लागि त पठाइयो, तर तत्कालै संसद् भंग गरियो । यहाँ त बद्नियत देखियो । सुनुवाई हुन सक्ने अवस्था नै भएन । सम्पूर्ण कुरा खोलेर सभामुखले फाइल पठाउनुभएको छ । तर, पनि नियुक्ति भयो । यो गैरसंवैधानिक काम हो । गैरसंवैधानिक नियुक्ति खारेज हुन्छ । त्यसमा अदालत पनि स्पष्ट छ । नयाँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
२०८३ असार ५, शुक्रबार
काठमाडौं राप्रपामा विद्रोह, अध्यक्ष सिम्खडासहित १०७ जनाले छाडे पार्टी
२०८३ असार ५, शुक्रबार
काभ्रेमा आठ हजार नागरिकता जारी, २७ हजार परिचयपत्रको आवेदन
२०८३ असार ५, शुक्रबार
फिफा विश्वकप : दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा प्रवेश
२०८३ असार ५, शुक्रबार
सुनको मूल्य एकैदिन ह्वात्तै घट्यो
२०८३ असार ५, शुक्रबार
नवनिर्मित अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार