बैसाख २६, २०८३ शनिबार May 9, 2026

अब वेबसाइटबाटै माटो परीक्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अब किसानहरूले माटोमा रहेका विभिन्न गुणहरू डिजिटल नक्साबाट हेर्न पाउने भएका छन् । जीपीएसको माध्यमबाट माटोको डिजिटल नक्सा हेर्न मिल्ने वेबसाइटको बुधवार काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले अबका दिनमा नेपाली किसानले आफ्नो जमीनको गुणस्तर थाहा पाउन माटो परीक्षणका लागि प्रयोगशालामा गइरहनुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । दक्षिण एशियामै नेपालले पहिलोपटक माटोको डजिटल नक्सा तयार पारेको छ,’ उहाँले भन्नुभयो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको समन्वयमा नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले सिमिट नेपाल र नेपाल सीड एन्ड फर्टिलाइजर परियोजनाको सहयोगमा मटोको डिजिटल नक्सांकन गरिएको हो । माटोको उर्वराशक्ति, अम्लीयपन, प्रांगारिक पदार्थको मात्रा, माटोको बनोट आदि जस्ता माटोका विभिन्न गुणका बारेमा कृषकलाई सजिलै जानकारी दिने उद्देश्यले यो नक्सा तयार गरिएको हो । विगत ४ वर्षदेखि शुरू भएको डिजिटल नक्सांकन कार्य हालै सकिएको हो ।

नेपालका सबै प्रदेशको प्रतिनिधित्व हुने गरी विभिन्न ५६ ओटा जिल्लाबाट कुल २३ हजार २ सय ७३ ओटा माटोका नमूनाहरूको परीक्षण गरी तिनको नतीजाको विश्लेषणका आधारमा तयार गरिएको छ । यो डिजिटल नक्सा तयार गर्ने क्रममा स्याटेलाइट इमेजका आधारमा माटोको गुणहरू निर्धारणमा भूमिका खेल्ने भौगोलिक अवस्था, वनस्पति, वर्षा, तापक्रमलगायत विभिन्न वातावरणीय कारकतत्त्वमध्ये १ सय ६८ ओटा तŒवहरूलाई आधार मानिएको छ ।

माटोको डिजिटल नक्सांकन गर्नेमा नेपाल दक्षिण एशियामा पहिलो बनेकोमा खुशी व्यक्त गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले नेपालको कृषिक्षेत्रको विकासमा यस कार्यले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिन् । अब घरको कोठमा बसेर मोबाइल वा कम्प्युटरमार्फत आफ्नो जमीनको अवस्था थाहा पाउने अवसर प्राप्त हुनुले नेपालमा कृषिक्षेत्रले नयाँ गति लिने कुरामा आफू विश्वस्त भएको उनले बताइन् । नेपाली किसानले अब उत्पादनमा मात्र होइन, उत्पादनको बजारीकरण र निर्यातमा समेत जोड दिनुपर्ने उनले बताइन् ।

डिजिटल नक्सा https://soil.narc.gov.np मार्फत हेर्न सकिनेछ भने यसबाट आफूले चाहेको प्रदेश, जिल्ला र पालिका, वार्ड र घरधुरीसम्म गई त्यहाँको माटोको अवस्था थाहा पाउन सकिने प्रावधान रहेको छ ।

माटोको डिजिटल नक्साले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना साकार गर्नमा समेत सहयोग गर्ने कृषि सचिव योगेन्द्रकुमार कार्कीले बताए । अभियान दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
२०८३ बैसाख २६, शनिबार
कङ्गोको द्वन्द्वग्रस्त क्षेत्रमा नागरिक असुरक्षा बढ्दो
२०८३ बैसाख २६, शनिबार
सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान
२०८३ बैसाख २६, शनिबार
बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
२०८३ बैसाख २६, शनिबार
विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा
२०८३ बैसाख २६, शनिबार
नेपालगन्ज १० म्युजिक नाइट रनमा सेनाका अक्कल र धादिङकी सन्तोषी च्याम्पियन
२०८३ बैसाख २६, शनिबार
बर्डफ्लुले ५० लाखको क्षति: अनुसन्धान फार्मका सबै पन्छी नष्ट
२०८३ बैसाख २६, शनिबार