बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

चालू वर्षमै ४१ जिल्लामा पुर्ण विद्युतीकरणः ऊर्जामन्त्री पुन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले चालू आर्थिक वर्षमै दाङसहित देशका ४१ जिल्लामा विद्युतीकरण गरिने बताएका छन्। उनले देशमा विद्युत् उत्पादनको मात्रा बढिरहेकाले देशका अधिकांंश जिल्लाका प्रत्येक गाउँबस्तीमा विद्युत् पु¥याउने सरकारको लक्ष्य पूरा हुन लागेको बताएका छन। ‘पहिलो चरणमा ४१ जिल्ला पूर्णरुपमा विद्युतीकरण गरिन्छ’, उनले भने, ‘आगामी वर्ष अरु थप जिल्लामा पनि विद्युतीकरण गरिने तयारी छ।’ मन्त्री पुनले विद्युत्सँगै सौर्य, बायोग्यासलगायत वैकल्पिक ऊर्जाका माध्यमबाट देशलाई उज्यालो बनाउने अभियानमा लागिएको बताएका छन।

प्रेस संगठन दाङ शाखले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले हालसम्म केही विद्युत् भारतबाट आयात गरिए पनि आगामी वर्षदेखि भने निर्यातको चरणमा पुगिने जानकारी दिएका छन। चालू आर्थिक वर्षमा साढे आठ प्रतिशत आर्थिक वृद्धिदर पनि विद्युत्को सहज पहुँचकै कारण सम्भव भएको जिकिर गर्दै मन्त्री पुनले आगामी वर्षमा थप एक हजार मेगावाट विद्युत् मुख्य प्रसारण लाइनमा जोडिने हुँदा कृषि, ऊर्जा, पर्यटन र होटेल व्यवसायमा लगानीको थप बाटो खुलेको छ भने।

नेपालले भारत, बंगलादेश र चीनसँग विद्युत् बेच्ने सहमति गरिसकेकाले आउँदो १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गरेर यी तिनै देशमा विद्युत् बिक्री गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको पनि उनले जानकारी गराए सरकारले देशको भौतिक एवं मानवीय विकासका लागि बाह्य र आन्तरिक लगानी बढाइरहेको हुँदा ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा छिट्टै पूरा हुने मन्त्री पुनले आशा व्यक्त गरेका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति
२०८३ बैसाख १८, शुक्रबार
अर्थमन्त्री वाग्ले र अमेरिकी राष्ट्रपतिका विशेष दूत गोरबीच भेटवार्ता
२०८३ बैसाख १८, शुक्रबार
जटिल प्रसूति अवस्थामा हवाई उद्धारले बचायो आमा र शिशुको ज्यान
२०८३ बैसाख १८, शुक्रबार
‘श्रम क्षेत्रका समस्या समाधानको अगुवाइ मजदुर सङ्गठनले गर्नुपर्छ’ – माधव नेपाल
२०८३ बैसाख १८, शुक्रबार
अतिक्रमित जग्गा खाली गराउने सरकारको कदमलाई जनताको साथ
२०८३ बैसाख १८, शुक्रबार
सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
२०८३ बैसाख १८, शुक्रबार
वडा सीमा विवाद सुल्झाउने मापदण्डको सुझावमाथि अध्ययन गर्दै मन्त्रालय
२०८३ बैसाख १८, शुक्रबार