असार २५, २०८२ बुधबार July 9, 2025

पेस्तोल र विस्फोटक पदार्थ सहित १६ जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रहरीले पेस्तोल र विस्फोटकपदार्थसहित १६ जनालाई पक्राउ गरेको छ। बाजुराको गौमूल गाउँपालिका ३, माझापालीबाट रोल्पा गंगादेव गाउँपालिका ३ जिनावाङका ५२ वर्षीय चूडामणि ओलीलगायत १६ जनालाई शुक्रबार दिउँसो पक्राउ गरेको हो।

उनीहरुको साथबाट एउटा पेस्तोल, तीन राउन्ड गोली, फलामको खाली सकेट एक थान, २२ सय ग्राम बारुद, एउटा प्रेसरकुकर बम, इलेक्ट्रोनिक कमर्सियल डेटोनेटर आठ थान, बिजुलीको तार, मैनबत्ती, पिलास, टेप र कैँची तथा सैन्य तालिमसम्बन्धी कागजात बरामद गरेको छ। यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, बाराबाट प्रहरीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ। जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका १ पथलैयाबाट एक हजार दरको एक थान र पाँच सय दरको एक थान नक्कली नोटसहित चितवन रत्ननगरका गोकर्ण खतिवडालाई शनिबार पक्राउ गरेको हो। उनले पथलैयाको एउटा पेट्रोलपम्पमा ना६ख३३५२ नम्बरको ट्रकमा तेल हालेर पैसा दिने क्रममा नक्कली नोट दिएका थिए। लगत्तै उनी पक्राउ परेका हुन्।

त्यस्तै सोही दिन बारा पचरौता नगर ५, बेल्दारीबाट भारतीय नागरिक सुनिल कुमार यादव र सोही ठाउँ बस्ने राजाबाबु कुमार १ हजार दरको नक्कली नोट एक थानसहित पक्राउ परेका छन्। उनीहरुले पनि सोही ठाउँमा बाइकमा तेल हालेपछि नक्कली पैसा दिएका थिए। तत्कालै उनीहरुलाई मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको हो।

नगद लुटपाट
यसैबीच, कञ्चनपुरको लालझाडी गाउँपालिका ६ ढक्काको जंगलबाट भारतीय नागरिक सोनु गुप्ता र सोही ठाउँ बस्ने २६ वर्षीय मनिष मारियाको ३१ हजार रुपैयाँ, दुईवटा मोबाइल र यूपी३१बीए ५४६६ नम्बरको मोटरसाइकल लुटपाट भएको छ। छ जना अपरिचित समूहले कञ्चनपुर कलुवापुरबाट बेलौरीतर्फ जाँदै गरेका उनीहरुलाई लुटपाट गरेको प्रहरीले बताएको छ।

यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार