मंसिर २२, २०८० शुक्रबार December 8, 2023

उपनिर्वाचन अनुगमन गर्न कांग्रेसले बनायो समिति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचत स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनका लागि नेपाली कांग्रेसले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति गठन गरेको छ ।

समितिको सदस्यमा केन्द्रीय सदस्य सीता गुरुङ, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, केन्द्रीय निर्वाचचन समितिका सदस्य सीताराम केसी, अधिवक्ता तेज रावल र सदस्य सचिवमा अधिवक्ता केशव रिजाल रहेका छन् ।

समितिले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालना तथा प्रभावकारी कार्यान्वयन भएको वा नभएको र उपनिर्वाचन सुरक्षा व्यवस्थाबारे अनुगमन गर्नेछ ।

त्यस्तै उपनिर्वाचनको सुरक्षा व्यवस्थापन हेरी निर्वाचन आयोग र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने, पार्टीको उम्मेदवार र सदस्यहरुलाई चुनाव प्रचारमा परिचालन गर्ने, मतदातालाई मतदान गर्न प्रेरित गर्ने, स्वतन्त्र मतदान र मतगणना व्यवस्थित गर्ने लगायतको काम गर्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई सहमतिमा नै टुङ्गोमा पुर्‍याउनुपर्छ : सभामुख
२०८० मंसिर २२, शुक्रबार
दुई किलो अवैध सुनसहित ३ जना नागढुङ्गा नाकाबाट पक्राउ
२०८० मंसिर २२, शुक्रबार
मनाङमा जलवायु परिवर्तनको असर, हराए हिमालका हिउँ र ताल
२०८० मंसिर २२, शुक्रबार
धनकुटामा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु
२०८० मंसिर २२, शुक्रबार
विभिन्न हातहतियारसहित ७ जना पक्राउ
२०८० मंसिर २२, शुक्रबार
स्वास्थ्य क्षेत्रको रणनीति कार्यान्वयन गर्न सबैको सहयोग आवश्यक : मन्त्री बस्नेत
२०८० मंसिर २२, शुक्रबार
सरकार आर्थिक समृद्धिका लागि अघि बढिरहेको छ : प्रधानमन्त्री
२०८० मंसिर २२, शुक्रबार