असार ५, २०८३ शुक्रबार June 19, 2026

केपी ओली अब एमालेको अध्यक्ष हुनुभयो, म पनि उपमहासचिव भएँ : विष्णु पौडेल (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको नाम मात्रै होइन, एकीकरण प्रक्रिया नै अवैधानिक भएको निर्णय गर्यो । यस विषयमा तपाँईंको धारणा के छ ?

सर्वोच्च अदालतले गरेको निर्णयबाट हामी पनि आश्चर्यचकित भएका छौँ । अदालतबाट हामीले मुद्दा हा¥यौँ । तर, हामी शक्ति पृथकीकरणको सिद्धान्तमा विश्वास गर्छौँ । अदालतको सर्वोच्चतालाई सम्मान गर्छौँ । न्यायालयको स्वतन्त्रतालाई मान्छौँ, फैसला पालना गर्छौँ ।

ऋषि कट्टेलले पार्टीको नाममा दाबी गर्नुभएको थियो । तर, अदालतले नेकपाको एकीकरणलाई नै खारेज गरिदियो । रिट निवेदकले माग दाबी गरेभन्दा अदालतले फरक फैसला दियो भन्ने प्रश्न छ नि ? 

नेपालमा आफूले भनेजस्तो फैसला भयो भने अदालतको प्रशंसा गर्ने, भएन भने विरोध गर्ने प्रवृत्ति छ । यो त्यही चलनचल्तीको प्रतिक्रिया मात्रै हो । हामी त्यसो गर्दैनौं । हामीलाई चित्त नबुझे पनि अदालतको निर्णय मान्छौं । अस्ति प्रतिनिधिसभा विघटनलाई अदालतले उल्ट्याउँदा पनि हामीले सो निर्णयको सम्मान गर्यौ । त्यसको पालना गर्यौ । अहिलेको सन्दर्भमा पनि त्यही लागू हुन्छ ।

पार्टी एकतापछि नेकपाको नाम र हैसियतमा धेरै निर्णय भएका छन् । राष्ट्रिय सभा र प्रतिनिधिसभाको निर्वाचन भएका छन् । सर्वोच्चको निर्णयले यी विषयमा कस्तो प्रभाव पर्छ ? 

त्यसमा खास केही प्रभाव पर्दैन । किनभने यसबीचमा जति चुनाव भए, सबै साथी सूर्य चिह्नबाट लड्नुभएको छ । सूर्य चिह्नबाट लड्नुभएका सबै नेकपा एमालेकै तर्फबाट निर्वाचित भएको मानिन्छ ।

यसबीचमा नारायणकाजी श्रेष्ठ पनि राष्ट्रिय सभामा निर्वाचित हुनुभएको छ । उहाँ कसको सांसद हुनुभयो त ? 

आजको अदालतको फैसलाअनुसार नारायणकाजी श्रेष्ठ पनि नेकपा एमालेकै सांसद हो । किनभने उहाँले पनि सूर्य चिह्न लिएरै लड्नुभएको छ ।

तर, यसबीचमा निर्वाचन आयोगले सूर्य चिह्न पनि नेकपालाई नै दिएको थियो नि त । त्यही हिसाबले लड्नुभएको होइन र ? 

यसबीचमा नेकपालाई दिएको थियो भनेर नहुने भयो । किनभने अहिलेको निर्णयअनुसार त सूर्य चिह्न नेकपा एमालेको भयो नि । त्यसो हुँदा यो चिह्नमा चुनाव जितेकाहरू स्वतः एमालेकै सांसद भए ।

आजका दिनदेखि केपी ओली नेकपाको अध्यक्ष कि एमालेको ? 

उहाँ नेकपा एमालेको अध्यक्ष हो । नेकपा भन्ने अब रहेन ।

तपाईं पनि नेकपाको महासचिवबाट नेकपा एमालेको उपमहासचिव हुनुभएको हो ? 

हो । अब म पनि उपमहासचिव भएँ ।

यो सरकार अब बहुमत कि गठबन्धनको हो ?

आजका मितिदेखि संविधान २०७२ को धारा ७६ को उपधारा २ अनुसार (गठबन्धन) को सरकार भयो ।

अब माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा के हुन्छ ?

आजै प्रधानमन्त्रीज्यूले स्पष्ट रूपमा भन्नुभएको छ– माओवादीले समर्थन फिर्ता लिएको अवस्थामा म विश्वासको मत लिन्छु ।

एमालेका अध्यक्ष तथा संसदीय दलका नेता ओलीले बैठक बोलाउँदा माधव नेपाल समूहका नेता आउनुभएन भने के हुन्छ ?

मेरो विचारमा उहाँहरू बैठकमा आउनुहुन्छ ।

तर, उहाँहरूले त नआउने भनिसक्नुभयो नि ? 

मलाई त्यस्तो लाग्दैन । अहिले उहाँहरूको तात्तातो प्रतिक्रिया होला । तर, ठन्डा दिमागले सोच्नेबित्तिकै उहाँहरू बैठकमा आउनुहुन्छ ।

यसबीचमा माधव नेपाल र उहाँका टिमका नेताहरूसँग केही सम्पर्क वा संवाद भएको छ ? 

मेरो त कसैसँग खासै कुनै कुरा भएको छैन । तर, अबका दिनमा हामी निरन्तर संवादमै रहनेछौँ । झन् सघन ढंगले संवाद गर्छौँ । अझ हामी एउटै पार्टी हुने स्थिति भएकाले पनि संवाद र सहकार्यबाटै अघि बढ्छौँ । किनकि हामी कानुनी रूपमा पनि एउटै पार्टी भएका छौँ ।

अहिले एमाले र माओवादीको सम्बन्धको अवस्था के हो ? 

अहिले यी दुईवटा पार्टी भए । दुई पार्टी भएपछि आ–आफ्ना मूल्य–मान्यता र हैसियतअनुसार अघि बढ्ने कुरा भयो ।

अदालतले पनि पार्टी एकता गर्ने हो भने नयाँ प्रक्रियाबाट अघि बढ्नू भनेको छ । अब माओवादीसँगको पुनः एकता प्रक्रिया सुरु गर्न सक्नुहुन्छ ? 

समयक्रममा नेकपा माओवादीभित्र रहेका असल तथा इमानदार साथीहरू र हामी एकै ठाउँमा हुन्छौँ ।

नेकपा माओवादीका नेताहरू रामबहादुर थापा, टोपबहादुर रायमाझीलगायत सरकारमा हुनुहुन्छ । उहाँहरू कुन हैसियतमा मन्त्री हुनुहुन्छ ? 

यो वेला संविधानको धारा ७६ (२) अनुसार गठबन्धनको सरकार भएकाले उहाँहरूको हैसियतबारे कुनै प्रश्न नै छैन । उहाँहरू माओवादी पार्टीका तर्फबाट सरकारमा हुनुहुन्छ ।

तर, उहाँहरूले ४० प्रतिशत पु¥याएर पार्टी फुटाउन सक्ने सम्भावना कम छ, पार्टी निर्णयविपरीत सरकारमा बस्दा त सांसद पद नरहने होला नि ? 

उहाँहरू उन्नत राजनीतिक समझ भएका नेता हुनुहुन्छ । त्यसो हुँदा उहाँहरूले त्यही राजनीतिक उचाइबाटै निर्णय गर्नुहुन्छ । उहाँहरू संसद् सदस्यता के हुन्छ भन्ने आधारमा होइन कि राजनीतिक विश्लेषणका आधारमा निर्णयमा पुग्नुहुन्छ । तपाईंलाई स्पष्ट भन्दा उहाँहरू हामीसँगै रहनुहुन्छ । नयाँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
२०८३ असार ५, शुक्रबार
काठमाडौं राप्रपामा विद्रोह, अध्यक्ष सिम्खडासहित १०७ जनाले छाडे पार्टी
२०८३ असार ५, शुक्रबार
काभ्रेमा आठ हजार नागरिकता जारी, २७ हजार परिचयपत्रको आवेदन
२०८३ असार ५, शुक्रबार
फिफा विश्वकप : दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा प्रवेश
२०८३ असार ५, शुक्रबार
सुनको मूल्य एकैदिन ह्वात्तै घट्यो
२०८३ असार ५, शुक्रबार
नवनिर्मित अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार