असार ५, २०८३ शुक्रबार June 19, 2026

प्रधानमन्त्री सबै राजनीतिक दलसँग सम्पर्कमा हुनुहुन्छ : सुवास नेम्वाङ, उपनेता, एमाले (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जसपासँग वार्ताका लागि एमालेले तीन सदस्यीय कार्यदल बनाएको भनेर चर्चामा आएको छ, कार्यदलले के काम गरिरहेको छ ?

कार्यदल नै बनेको भन्ने चर्चा सही होइन ।

तर, तपाईंहरूको भेट भयो भनेर जसपाकै नेताहरूले बताएका छन् नि ।

उहाँहरू (सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णजी) बालुवाटार आउनुभएको थियो । हामी (म, विष्णु पौडेल र राजन भट्टराई)सँग भेट भयो । भेटवार्ता भएको सही हो ।

मधेसका चासो सम्बोधन भएनन् भनेर तत्कालीन राजपाले समर्थन फिर्ता लिएको हो र तत्कालीन संघीय समाजवादी त सरकारबाटै फिर्ता भएको हो । करिब दुइतिहाई थियो, संविधान संशोधन हुन सक्थ्यो, तर त्यो वातावरण बनेन । अहिले त्यस्तो नयाँ के आधार बनेको छ, जसका कारण उहाँहरूको माग सम्बोधन हुन सक्छ ?

उहाँहरूले हामीले पहिलेदेखि नै बारम्बार रेशम चौधरीको मुद्दा उठाउँदै आएका छौँ भन्नुभयो । त्यो मुद्दामा सरकारले पहल गरेर चौधरीलाई रिहाइ गर्नुपर्छ भन्ने उहाँहरूको माग छ ।

तपाईंहरूले के जवाफ दिनुभयो ?

हामीले तपाईंहरूको यो विषय प्रधानमन्त्रीसमक्ष पु¥याउँछौँ । यसबारेमा प्रधानमन्त्रीसँग कुरा गरिसकेपछि जवाफ दिन्छौँ भन्यौँ र उठ्यौँ ।

रेशम चौधरीको रिहाइको माग त उहाँहरूको एक प्रमुख माग हो । निर्वाचित भएको तीन वर्षसम्म चौधरी जेलमै छन्। उनी अन्यायमा परेका हुन् भने अहिलेसम्म किन छाडिएन ? यदि उनले राज्यविरुद्ध अपराध गरेका हुन् भने प्रधानमन्त्री कसरी तयार हुनुहोला ?

यो कानुनी विषय हो ।

नयाँ समीकरणको दौड सुरु हुँदा जसपासँग वार्ता भएको छ । यसमा सिंगो जसपा आएन भने बहुमतको अंक पुग्ने गरी पार्टी विभाजन गराएर उहाँहरू आउने सम्भावना छ ?

यसमा मेरो कुनै टिप्पणी छैन । प्रधानमन्त्रीज्यू सबै राजनीतिक दलसँग सम्पर्कमा हुनुहुन्छ ।

कांग्रेसले अर्ली इलेक्सनको कुरा गरेको छ, तपाईंहरूको मत के छ ?

सम्मानित सर्वोच्च अदालतले फैसला गरेपछि प्रधानमन्त्री र हामी सबैको चिन्ता यही हो । सम्मानित सर्वोच्च अदालतले संसद् पुनस्र्थापना गर्यो । तर, हामीबीच जे–जे समस्या थिए, ती समस्या सुल्झाएन । त्यसैले समस्या र जटिलता अझ थप बल्झिन्छन् कि भन्नेमा हामी चिन्तित छौँ । संसद्को पहिलो बैठक अवरुद्ध भयो, सत्ता पक्षकै साथीले बहिष्कार गर्नुभयो । यसले हाम्रो बीचको समस्या झन् जटिल बन्दै गएको देखिन्छ । यस्तो अवस्थामा प्रमुख प्रतिपक्षका साथीले देश ‘अर्ली इलेक्सन’तिर गइरहेको छ भन्ने मूल्यांकन गर्नुभयो भने अचम्म मान्नुपर्दैन । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
२०८३ असार ५, शुक्रबार
काठमाडौं राप्रपामा विद्रोह, अध्यक्ष सिम्खडासहित १०७ जनाले छाडे पार्टी
२०८३ असार ५, शुक्रबार
काभ्रेमा आठ हजार नागरिकता जारी, २७ हजार परिचयपत्रको आवेदन
२०८३ असार ५, शुक्रबार
फिफा विश्वकप : दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा प्रवेश
२०८३ असार ५, शुक्रबार
सुनको मूल्य एकैदिन ह्वात्तै घट्यो
२०८३ असार ५, शुक्रबार
नवनिर्मित अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार