असोज ११, २०८३ आइतबार September 27, 2026

नयाँ गुद्री बजारमा विद्युतीय कारोवार शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः विराटनगर–११ स्थित नयाँ गुद्री बजारमा आजदेखि एनएमबी बैंकबाट विद्युतीय कारोवार (क्युआर कोड) शुरु गरिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हरियो तरकारी खरीद गरी नगदरहित कारोवारको शुरुआत गर्दै यस कार्यबाट रकमको सुरक्षासहित झण्डझट नहुनका साथै पारदर्शी हुने बताए ।

उनले विद्युतीय कारोवारले आधुनिक बजार विस्तारमा सहयोग पुग्नुका साथै यसबाट मुलुकमा सुशासन कायम गरी रकमको सुरक्षासमेत हुने बताए । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले मुलुकलाई समृद्ध कायम गर्न नेपाल सरकारको नीतिअनुसार महिला उद्यमीलाई बैंकका १८० शाखामार्फत बिना धितो चार प्रतिशत व्याजदरमा ऋण प्रदान गरिरहेको जानकारी दिए ।

गुद्री बजार व्यवस्थापन समितिका अध्यक्ष पशुपति भगतले विद्युतीय कारोवारले यस क्षेत्रका व्यापार व्यवसायमा सहजता प्रदान गर्ने विश्वास गरे । बजार व्यवस्थापन समितिका सचिव गुड्डु साहेव, वडा नं ११ अध्यक्ष तीर्थेन्द्र न्यौपाने, बैंकका प्रदेश प्रमुख उत्सव घिमिरेलगायतले मुलुकको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ भने ।

गभर्नर अधिकारीले एनएमबी बैंकले महिला उद्यमी सन्तोषी भगतलाई चार प्रतिशत ब्याज दरमा उपलब्ध गराएको रु १० लाख ऋणको कागजात प्रदान गरे । गभर्नर अधिकारीले एवि टे«डर्सका प्रमुख पशुपति भगतलाई विद्युतीय कारोवार कार्ड पनि हस्तान्तरण गरे । नयाँ गुद्री बजारमा ४०० व्यवसायीलाई विद्युतीय कार्ड प्रदान गरिएको छ ।-रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन
२०८३ असोज ११, आइतबार
सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण : डा गुणाकर भट्ट
२०८३ असोज ११, आइतबार
‘नेपाली डायस्पोरा आर्थिक रूपान्तरणको महत्वपूर्ण साझेदार’ : परराष्ट्रमन्त्री
२०८३ असोज ११, आइतबार
बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा
२०८३ असोज ११, आइतबार
पर्यटन विकासका लागि अन्तर मन्त्रालय समन्वय आवश्यक छ : मन्त्री पौडेल
२०८३ असोज ११, आइतबार
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा
२०८३ असोज ११, आइतबार
गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार
२०८३ असोज ११, आइतबार