काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा कार्यालयले कात्तिक २८ गते प्याराग्लाइडिङ उडानमा रोक लगाएको छ।
सद्भावना भ्रमणका सिलसिलामा नेपाल आउनलागेका बंगलादेशका राष्ट्रपति मोहमद अब्दुल हमिदले २८ गते पोखराको पनि भ्रमण गर्ने भएकाले प्याराग्लाइडिङ निषेध गरिएको हो।
पोखरा नागरिक उड्डयन कार्यालयले नेपाल हवाई खेलकुद संस्था पोखरालाई पत्र काटी भीभीआईपीको पोखरा भ्रमण भएकाले प्याराग्लाइडिङ उडान नगर्न भनेको छ।
बंगलादेशका राष्ट्रपति मोहमद अब्दुल हमिद आज नेपाल आएका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया