श्रावण २, २०८२ शुक्रबार July 18, 2025

कस्ताे हाेला आईफोन १३ ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आईफोन १२ सार्वजनिक भएको ६ महिना पुरा भएको छैन । यसैले अहिले नै एप्पलको नयाँ आईफोनको बारेमा कुरा गर्नु केही हतारजस्तो लाग्न सक्छ । तर एप्पलले आफ्नो नयाँ आईफोन १३ मा काम सुरु गरिसकेको खबर बाहिर चल्न थालेकाे छ ।

बाहिर चलेकै हल्लाले त आईफोन १३ मा कम्पनीले ल्याउने नयाँ फिचरहरुको बारेमा आधिकारिक जानकारी प्रदान गर्न सक्दैन । त्यसैले आज हामी तपाईंहरुलाई केही आधिकारिक स्रोतबाट प्राप्त छिटफुट विवरणका बारेमा बताउने छौं ।

फोनको परिचय 

यस फोनलाई धेरैले आईफोन १३ भनेर विज्ञापन गरेपनि यो आईफोन १३ वा आईफोन १२ एस हो भन्नेबारे कुनै स्पष्ट भएको छैन ।

आईफोनले यसअघि पनि फोनको डिजाइन, हार्डवेयर र नामलाई परिवर्तन गर्न टिक-टक अप्रोचको प्रयोग गर्दै आइरहेको छ । उदाहरणका लागि उसले आईफोन ६ पछि आईफोन ६ एस सार्वजनिक गरेको थियो । यसबीच उसले यसपटक पनि एस सिरिज थपेमा कुनै अनाैठाे मान्नुपर्दैन ।

तर जेसुकै भएपनि एप्पलका सीईओ टिम कुक आफैं बाहिर आएर हामीलाई नबताएसम्म हामी यस फोनलाई आईफोन १३ कै नाम दिने छौं ।

कहिलेसम्म उपलब्ध होला ?

यो फोन यसै वर्षको तेस्रो त्रैमासिकसम्म उपलब्ध हुने अपेक्षा गर्न सकिन्छ । विशेषगर सेप्टेम्बर र अक्टोबर सही समय हुन सक्छ ।

कति मूल्य पर्न सक्छ ?

मूल्यलाई अहिले नै आँकलन गर्न सकिन्न । तर यो मूल्य आईफोन १२ को भन्दा धेरै नहुने आशा गर्न सकिन्छ । एप्पलले मूल्य वृद्धिमा ध्यान देला भनेर अपेक्षा गरिएको छैन । अझ बेस स्टोरेज मोडलमा त यो उसले कदापि गर्ने छैन ।

कस्तो देखिन्छ होला आईफोन १३ ?

आईफोन १२ सार्वजनिक गरेसँगै एप्पलले आईफोनको समग्र लुक्समा नै व्यापक परिवर्तन ल्याएको छ, जसमा उसले फ्ल्याट एज डिजाइनलाई नै विस्थापन गरिदिएको छ । यसैले आईफोन १३ को डिजाइन र लुक्स एप्पलले धेरै परिवर्तन नगर्ला भन्ने अनुमान गर्न सकिन्छ ।

एप्पलले आईफोन एक्स सार्वजनिक गरेदेखि डिस्प्लेको माथि भएको फेस आईडी नोचको आकार पनि घटाउँदै लगिरहेको छ । यसैले नयाँ मोडलमा यसकै आधारमा केही लुक्समा परिवर्तन आउन सक्ला ।

नयाँ रङ्गबाहेक डिजाइनकै आधारमा यसमा धेरै परिवर्तनको आशा नगरेकै बेस होला ।

कस्तो फिचर र स्पेसिफिकेशन आउला त ?

फिचर र स्पेसिफिकेसनकाे कुरा गर्दा अहिले एप्पलले नयाँ आईफोनको केमा काम गर्दैछ, कसरी गर्दैछ भन्ने रिपोर्टहरु बाहिर आइरहेका छन् । तर यी सबै पूर्णरुपमा विश्वासिला भने छैनन् ।

उदाहरणका लागि गत वर्ष एप्पलले १२० हर्ज रिफ्रेस रेट भएको डिस्प्ले सार्वजनिक गर्ने हल्ला चलेको थियो । तर एप्पलले हालसम्म त्यो पुरा गरेको छैन । यसैले यसपालीको फोनमा त्यो गर्छ नै भन्ने कुनै निश्चित छैन ।

एप्पल अझै पनि फास्ट डिस्प्लेमाथि काम गरिरहेको हुनाले सम्भवतः यो नयाँ आईफोनको लागि पनि हुनसक्ने अपेक्षा गर्न सकिन्छ ।

यस्तै अब एप्पलले आफ्नो आईफोनको तल्लो भागमा राखिने लाइटनिङ पोर्ट हटाउने हल्ला पनि बाहिर चलेकाे छ । यसको सट्टा उसले म्यागसेफ टेक्नोलोजी प्रयोग गरी फोनलाई चार्ज तथा डेटा सिङ्क गर्ने बताइएको छ ।

अर्को सम्भावना भनेको एप्पलले लाइटनिङ पोर्ट हटाएर त्यसको सट्टा यूएसबी-सी पोर्ट पनि प्रयोग गर्न सक्छ जुन यसको म्याकबुक, आईप्याड एयर र आईप्याड प्रो लाइनमा पनि छन् ।

यस्तै अर्को खबर अनुसार यसमा एप्पलको टच आईडी, फिङ्गरप्रिन्ट सेन्सर पुनः फर्केर आउन सक्ने सम्भावना छ । फोर्थ जेन आईप्याड एयरमा जस्तै होम बटनमा इमबेड हुनुको सट्टा अब यो साइड बटनमा वा डिस्प्ले मुनी जान सक्छ । तर जुनसुकै अप्सनहरु स्वागतयोग्य छन् । -टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार