असोज ९, २०८३ शुक्रबार September 25, 2026

बौद्धनाथ स्तुपा क्षेत्रमा टिकटक बनाउन प्रतिबन्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुपा क्षेत्रमा टिकटक भिडियो खिच्न प्रतिबन्ध लगाइएको छ । पर्यटकीय तथा धार्मिक महत्वका स्थलहरुमा टिकटक भिडियो खिच्नेहरुको भीड बढिरहँदा यसले पर्यटक र श्रद्धालुलाई असहज बनाउन थालेपछि टिकटकरहरुमाथि कडाइ गर्न थालिएको हो। बौद्धनाथ क्षेत्र विकास समितिले सोमबारदेखि बौद्धनाथ क्षेत्र भित्र टिकटक खिच्न प्रतिबन्ध लगाएको छ।

बौद्धनाथमा टिकटक बनाउनेको भीड हुन थालेपछि त्यसले स्तुपा परिसरमा आउने पर्यटक र कोरा (परिक्रमा) गर्ने श्रद्धालुहरुलाई समस्या भएकोले टिकटकरहरुमाथि कडाइ गरिएको बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक बसन्त लामाले जानकारी दिए । धार्मिक स्थल हो र यहाँ बिहान बेलुकी बालबालिकादेखि वृद्धवृद्धाहरु आउनुहुन्छ, कोही ध्यान गर्न आउनुहुन्छ । त्यही समयमा टिकटक खिच्दा समस्या भएकोले प्रतिबन्ध लगाएको उनले बताएका छन्।

बौद्धनाथ परिसरमा टिकटकरहरुको जानकारीको लागि चेतावनीमूलक बोर्ड राखिएको लामाले बताएका छन् । बोर्डमा ‘यस विश्व सम्पदा क्षेत्रभित्र टिकटक खिच्न मनाही छ, अन्यथा नेपाल सरकारको नियम अनुसार कारवाही हुनेछ’ लेखिएको छ । यस्ता बोर्ड ४ ठाउँमा राखिएको छ । निर्देशक लामाका अनुसार कोरोना महामारी सुरु हुनुअघि दैनिक विदेशी पर्यटक मात्रै महिनामा ४ देखि ५ हजार आउने गरेका थिए । महामारीमा विदेशी पर्यटक आवागमन बन्द भएकोमा अहिले दैनिक तीसदेखि चालिस जना विदेशी पर्यटक आउँने गरेका छन् ।

लामाले भने लकडाउनपछि टिकट काउण्टर नै बन्द गरेका थियौं। बौद्धनाथ स्तुपा घुम्न टिकट लिइएको थिएन तर चैत १ बाट हामीले शुल्क लिन थालेका छौं।’ बौद्धनाथ क्षेत्रमा करिब पाँच वर्षदेखि व्यापार गर्दै आएका आकाश काखौहनले भने, ‘टिकटक बनाउन मानिसहरु आउने गरेको देख्दा रमाइलो नै लाग्छ। आफुलाई खासै समस्या नरहेको बताए ।

त्यस्तै बौद्धकी स्थानीय माया लामाका अनुसार टिकटक बनाउनु गल्ती होइन तर यसरी विश्व सम्पदा भित्र टिकटक बनाएको देख्दा भने राम्रो लाग्दैन । उनले भनिन्, ‘बौद्धनाथ क्षेत्र विकास समितिले बनाएको नियम मलाई ठिक लागेको छ, यसले पर्यटकहरुलाई र घुम्न आउने बालबालिकादेखि बुढाबुढीसम्मलाई अप्ठयारो हुने गरेको थियो।’ हामी आफैले कहाँ टिकटक बनाउन हुने र कहाँ नहुने भन्ने कुरा बुझ्नु पर्ने उनले बताए ।

केही समयअघि मात्रै न्यूरोडको ‘अम्रेला स्ट्रीट’मा फोटो खिचाउने र टिकटक बनाउनेको भिड हुने गरेको थियो । अहिले ‘आर्ट इन प्याराडाइज नेपाल’ नामक थ्रिडी म्यूजियममा पनि फोटो खिच्ने र टिकटक बनाउनेको भिड लाग्ने गरेको छ। बालबालिकादेखि बुढाबुढीसम्मको रोजाइमा पर्न थालेको उक्त म्यूजियम राजधानीस्थित काठमाडौं मलमा छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः स्वास्थ्यमन्त्री मेहता
२०८३ असोज ९, शुक्रबार
‘जलवायु न्याय’ संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा मात्र सीमित हुन हुँदैनः प्रधानमन्त्री (पूर्णपाठ)
२०८३ असोज ९, शुक्रबार
जलवायु न्यायको कुरा वाक्यांशमा मात्र सीमित हुनुहुँदैनः प्रधानमन्त्री
२०८३ असोज ९, शुक्रबार
काठमाडौँ जोड्ने राजमार्ग बन्दः रोकिए सार्वजनिक बस
२०८३ असोज ९, शुक्रबार
एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक,डिजिटलु र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री
२०८३ असोज ९, शुक्रबार
देशभरका सबै स्थानीय तहहरूलाई उच्च सतर्कता अपनाउन मन्त्रालयको आग्रह
२०८३ असोज ९, शुक्रबार
प्रधानमन्त्री शाह र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
२०८३ असोज ९, शुक्रबार