असोज ९, २०८३ शुक्रबार September 25, 2026

भक्तपुरमा मेला, जात्रा, सांस्कृतिक कार्य सञ्चालन गर्न रोक, बिस्केट जात्रामा विकल्प खोजिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः जिल्ला प्रशासन कार्यालय भक्तपुरले जिल्लामा कुनै पनि किसिमको मेला, जात्रा, सांस्कृतिक कार्य सञ्चालन गर्न रोक लगाएको छ ।

कार्यालयमा हिजो पत्रकार सम्मेलन गर्दै प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कोभिड–१९ अर्थात् कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहरको जोखिम बढेकाले जिल्लामा कुनै पनि किसिमको मेला, जात्रा, सांस्कृतिक कार्य नगर्न र नगराउन अनुरोध गरेका हुन् ।

गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयको निर्देशनानुसार जिल्लामा कोरोना भाइरस सङ्क्रमणको जोखिमबाट बच्न र कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न भिडभाड हुने कुनै किसिमको कार्य नगर्न नगराउन अनुरोध गर्दै स्वीकृतविना यस्ता काम गरेको पाइए कारवाही गरिने उनले बताए ।

भक्तपुरमा नयाँ वर्षमा मनाइने प्रसिद्ध बिस्केट जात्रा सञ्चालनमा भने वैकल्पिक उपाय खोजिने उनले बताए । प्रजिअ भट्टराईले बिस्केट जात्रा रोक्नेबारे अहिले नै कुनै निर्णय नलिएको तर धेरै भिडभाड हुने भएकाले रथ तान्न र लिङ्गो उठाउनेबारेमा भने वैकल्पिक उपाय खोजिने बताए । उनले भने, “कोरोनाको जोखिम ह्वात्तै बढेको छ, त्यसैले धेरै भिडभाड हुने जात्रा पर्वलाई औपचारिकतामा जतिसक्दो कम मान्छेको उपस्थितिमा कसरी गर्न सकिन्छ भन्नेबारेमा स्थानीय तहसँग पनि छलफल गर्छौं, साथै भोलि नै गृह मन्त्रालयलाई के कसरी जात्रा पर्व गर्ने भन्नेबारेमा सोधेर पत्राचार गर्छौं मन्त्रालयको निर्णयानुसार अगाडि बढौँ ।”

बिस्केटका लागि हरेक वर्ष लिङ्गो तानेर ल्याउने परम्परा भए पनि यस वर्ष डोजर प्रयोग गरेर ल्याएको भन्दै उनले भैरवनाथको रथ र लिङ्गो तान्ने कार्यमा पनि मेशन वा अरु केही वैकल्पिक उपाय खोज्न सकिने बताए । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेका कारण गत वर्ष बिस्केट जात्रा औपचारिकतामा मात्रै सीमित गरिएको थियो । यस वर्ष भने बिस्केट जात्रा मनाउन तौमढीमा भैरवनाथको रथ बनाउने कार्य भइरहेको छ भने लिङ्गो ल्याएर राखिएको छ ।

भक्तपुरमा मात्रै नभई मध्यपुरथिमि बालकुमारीमा वैशाख २ गते मनाइने खट तथा सिन्दुर जात्रा र बोडेमा मनाइने जिब्रो छेड्ने जात्राकोसमेत तयारी भएको छ । प्रजिअ भट्टराईले भने, “कोरोना भाइरसका कारण मान्छे नै रहने हो कि नरहने भन्ने अवस्था छ, यस्तो अवस्थामा कसरी बच्ने र बचाउने भन्ने भएकाले जात्रालाई विकल्प खोज्नुपर्छ ।” उनले गृह मन्त्रालयको निर्देशनअनुसार कोभिड–१९ सङ्क्रमणको सम्भावनालाई मध्यनजर गरी पहिले सञ्चालनमा ल्याइएका क्वारेन्टाइन, आइसोलेशन केन्द्रलाई पुनःतयारी अवस्था राख्न सम्बन्धित कार्यालयलाई निर्देशन दिएको बताए । जिल्ला स्वास्थ्य कार्यालयलाई स्वास्थ्य युनिट तयारी अवस्थामा राख्न निर्देशन दिएको बताए ।

पत्रकार सम्मेलनमा कोरोना भाइरसबाट बच्न स्वास्थ्य सुरक्षालगायतका मापदण्ड पालना गर्नसमेत जिल्लावासीलाई आग्रह गर्दै मापदण्ड उल्लङ्घन गर्नेलाई सङ्क्रामक रोग –२०२० बमोजिम कारवाही गर्ने बताए । प्रशासनले नजिकिँदै गरेको होली पर्वसमेत भिडभाड नहुने गरी आफ्नै घरमा बसेर मनाउन आग्रह गरेको छ । भीडभाड हुने सरकारी कार्यालयमा भोलिदेखि नै स्वास्थ्य मापदण्ड र सुरक्षाका उपाय अपनाएर मात्रै सेवा दिन निर्देशन दिएको प्रजिअ भट्टराईले बताए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः स्वास्थ्यमन्त्री मेहता
२०८३ असोज ९, शुक्रबार
‘जलवायु न्याय’ संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा मात्र सीमित हुन हुँदैनः प्रधानमन्त्री (पूर्णपाठ)
२०८३ असोज ९, शुक्रबार
जलवायु न्यायको कुरा वाक्यांशमा मात्र सीमित हुनुहुँदैनः प्रधानमन्त्री
२०८३ असोज ९, शुक्रबार
काठमाडौँ जोड्ने राजमार्ग बन्दः रोकिए सार्वजनिक बस
२०८३ असोज ९, शुक्रबार
एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक,डिजिटलु र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री
२०८३ असोज ९, शुक्रबार
देशभरका सबै स्थानीय तहहरूलाई उच्च सतर्कता अपनाउन मन्त्रालयको आग्रह
२०८३ असोज ९, शुक्रबार
प्रधानमन्त्री शाह र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
२०८३ असोज ९, शुक्रबार